१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

सातै प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी र पहिरोकाे खतरा

फाइल तस्बिर

केही दिनदेखि देशभर वर्षा हुने क्रम जारी छ । आज पनि धेरै स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

महाशाखाका अनुसार सातै प्रदेशमा आज दिउँसोदेखि रातिसम्मै हल्कादेखि भारी (ठूलो) सम्म वर्षा जारी रहने सम्भावना छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेशहरू १,  २, बागमती, गण्डकी र प्रदेश नम्बर ५ का थोरै स्थानमा साथै   सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि एक वा दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।  

यसैगरी राति पनि देशका धेरै स्थानमा  हल्कादेखि मध्यमसम्म वर्षा जारी रहनेछ भने प्रदेशहरू १, २, बागमती, ५ र गण्डकी  प्रदेशका थोरै स्थानमा साथै   सुदूरपश्चिम र कर्णाली प्रदेशका पनि एक वा दुई स्थानमा  भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ ।  

मंगलरबार बिहान ६ बजेदेखि बुधबार ६ बजेसम्म २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।  

मौसमविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने मनसुनी न्यून चापीय रेखा नेपाल नजिकै छ । जसका कारण देशभर वर्षा भइरहेको हो ।  

महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेनिटअनुसार बिहीबारसम्मै भारी वर्षाको सम्भावना छ ।  

महाशाखाकाे बुलेटिन हेर्नुहाेस् :

प्रकाशित: ६ श्रावण २०७७ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App