२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

गाजामा छालासम्बन्धी समस्या भयावह बन्दै, सबैभन्दा बढी बालबालिका प्रभावित

विश्व स्वास्थ्य सङ्गठनले इजरायल–हमास युद्ध सुरु भएयता प्यालेस्टाइनी क्षेत्रमा एक लाख ५० हजारभन्दा बढी मानिसमा छालासम्बन्धी समस्या देखिएको बताएको छ।

सङ्क्रमित हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा रहेको सङ्गठनले जनाएको छ।

सङ्गठनका अनुसार गाजामा युद्ध सुरु भएयता लुतो र जुकाका ९६ हजार ४१७, ठेउलाका नौ हजार २७४, छालामा विविध कारण भएका घाउ र त्यसमा भएका सङ्क्रमणको भयाबह अवस्थासम्बन्धी ६० हजार १३० र ‘इम्पेटिगो’ का १० हजार ३८ घटना भेटिएका छन्।

देइर अल–बलाह शिविरमा अस्थायी क्लिनिक सञ्चालन गर्ने फार्मासिस्ट सामी हमिदका अनुसार विशेष गरी तटीय प्यालेस्टिनी क्षेत्रमा लुतो र ठेउलाको माहामारी नै छ।

स्थानीय चिकित्सक र औषधि पसल सञ्चालकहरूका अनुसार गाजामा औषधि अभाव हुन थालेका छन्। जसका कारण उपचारमा पनि समस्या हुन थालेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार झाडापखालाका ४ लाख ८५ हजार बिरामी भेटिएका छन्।

संयुक्त राष्ट्रसङ्घले मङ्गलवार गाजामा करिब २४ लाख जनसङ्ख्यामध्ये १९ लाख मानिस विस्थापित भएको जनाएको छ।

अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट युद्ध सुरु भएको र यसको बदलामा इजरायलले गाजामा गरेको सैन्य कारबाहीका कारण गाजामा छालाजन्य रोगबाहेक अन्य सङ्क्रमणजन्य समस्या पनि विकराल अवस्थामा रहेको विवरणहरू सार्वजनिक भइरहेका छन्। रासस

प्रकाशित: १९ असार २०८१ १४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App