२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बैठक लाइभ गर्ने ढकालको प्रस्ताव अस्वीकृत, कविन्द्र बुर्लाकोटीले पढे प्रतिवेदन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको प्रतिवेदन पार्टीको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको छ।

उनले विभिन्न ३९ जिल्ला घुमेर तयार पारेको प्रतिवेदन बुधबारको केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको हो।

महामन्त्रीको बैठक लाइभ गर्ने प्रस्ताव भने अस्वीकृत भएको छ। बैठक लाइभ गर्ने महामन्त्रीको प्रस्तावलाई सभापतिले बैठकमा राखेको तर, सबै केन्द्रीय सदस्यहरुले यसलाई अस्वीकार गरेको सहप्रवक्ता मनिष झाले बताए।

बैठक लाइभ नहुने भएपछि महामन्त्री ढकाल मुखमा टेप लगाएर बसेको उनले बताए। महामन्त्री नबोलेपछि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन वाचन गरेको उनले उल्लेख गरे।

प्रकाशित: १९ असार २०८१ १३:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App