२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

हिउँदबाट नै औषतभन्दा बढी वर्षाका कारण बाढी पहिरोका घटना

हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरु बढेको मौसम विज्ञान विभागले जनाएको छ।

कालिगण्डकीको कटानले तटीय क्षेत्र जोखिममा

लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि उत्तरी क्षेत्रमा वितण्डा मच्चाएको छ। सोमबार दिउँसो एक्कासी नदीको बाहब बढीले एक जना बेपत्ता भएका छन्। बाख्रालाई चरनक्षेत्रबाट ल्याएर फर्किने क्रममा काभ्रेको भजेनी खोलामा आएको बाढीले बगाएर ६५ बर्षिय बलबहादुर गर्बुजा बेपत्ता भएका हुन्।

कर्मनासा बाढीले डुबायो हात्तीवन

लगातारको वर्षापछि ललितपुरको हात्तीवन क्षेत्र भएर बग्ने कर्मनासा खोलामा आएको बाढी बस्तीमा पसेको छ। स्थानीयवासी र जग्गा ठेकेदारहरूले खोला क्षेत्र अतिक्रमण गरी साघुँरो पारेपछि सोमबार हात्तीवन क्षेत्र डुबानमा परेको हो।

बाढीपहिरोका कारण ३० लाख मानिस प्रभावित हुनसक्ने

यस वर्ष बाढी तथा डुबानका कारण १२ लाख ५० हजार, पहिरोका कारण २ लाख ५० हजार र पानीजन्य अन्य घटनाबाट १५ लाख मानिस प्रभावित हुने अनुमान छ।

धादिङको आगिन्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ६ आगिञ्चोकमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र दुइ वर्षीया छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

ठाउँठाउँमा पहिरो, आठजनाको मृत्यु

निरन्तरको वर्षाका कारण गएको पहिरोमा पुरिएर सोमबार काठमाडौं, धादिङ, गोरखा, तनहुँ र दार्चुलामा गरी आठजनाको मृत्यु भएको छ। एक जना घाइते छन् भने दर्जनौं परिवार विस्थापित भएका छन्।

दार्चुलामा पहिरोले दुईको मृत्यु, सात घर पुरिए

दार्चुलाको नौगाड गाउँपालिका–६, परिगाउँमा आइतबार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ, भने सात घर पुरिएका छन् । हरजितसिंह ठगुन्नाकी ४२ वर्षीया श्रीमती मानमती ठगुन्ना र मानसिंह ठगुन्नाकी ५ वर्षीया छोरी पार्वतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२४ घण्टाको पूर्वानुमान : यी जिल्लामा बाढीको उच्च जोखिम

प्रदेश २ का सबै क्षेत्र र देशका धेरै जिल्लामा बाढीको जोखिम रहेको महाशाखाले जानकारी दिएको छ ।

पहिरोले गोरखामा ६ घर बगायो

निरन्तरको बर्षापछि खसेको पहिरोले गोरखाको बारपाक सुलिकोट ४ नालपाङमा बाढी र पहिरोले २ घर बगाएको छ । बाढीसँगैको पहिरोले कामी गुरुङ र उनको छोराको घर बगाएको हो। उनीहरु सामुदायिक भवनको घरमा बसेका वडा अध्यक्ष भिमबहादुर गुरुङले बताए।

अझैं खुलेन पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग (फोटो फिचरसहित)

पहिराेले शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार (आज) पनि खुलेको छैन। तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको थियो। शनिबार दिनभर सडक खुलाउन डोजर प्रयोग गरिए पनि पहिरो खस्नेक्रम नरोकिएपछि समस्या थपिएको छ। यस्तै शनिबार राति तिनाउँ गाउँपालिका–३, पैठेडाँडाबाट ठूला ढुङ्गा सडकमा खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ।

पहिरोबाट १० परिवार विस्थापित

घरमाथिबाट आएको पहिरोका कारण बाजुराको गौमुल गाउँपालिका–६ टुनीका १० घरपरिवार विस्थापित भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाका कारण घर माथिबाट पहिरो आएपछि सिङ्गो परिवार विस्थापित भएको हो । घर माथिबाट पहिरो बग्न थालेपछि स्थानीयबासी त्रसित भएका छन् ।

आसाममा आएको बाढीका कारण ७६ को मृत्यु, ५४ लाख प्रभावित

भारतको आसाम राज्यमा आएको पछिल्लो बाढीका कारण कम्तीमा ७६ जनाको मृत्यु भएको छ । राज्यका ३० जिल्लामा उनीहरुको मृत्यु भएको र अरु ५४ लाखभन्दा बढी बासिन्दालाई असर परेको अधिकारीहरुले जनाएका छन् ।

बागमती प्रदेश सरकारको निर्णय : प्रदेशका बाढीपहिरो पीडितलाई घर बनाइ दिने

बागमती प्रदेश सरकारले प्रदेशभभित्रका जिल्लाका बाढीपहिरो पीडितका लागि घर बनाइ दिने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलेको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको बैठकले बाढीपहिरोमा घर गुमाएका पीडितलाई आवास बनाइदिने निर्णय गरेको सामाजिक विकासमन्त्री युवराज दुलालले बताए ।

आइतबार ७ बजेसम्मको पूर्वानुमान : कहाँ–कहाँ छ बाढीको सम्भावना ?

महाशाखाका अनुसार पूर्वदेखि पश्चिमसम्मै विभिन्न जिल्ला (जिल्लाका नाम तल सूचनामा उल्लेख छ) भई वहने साना नदीमा आकस्मिक बहावको सम्भावना छ ।

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो पाँच दिन जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरेर ज्यान जोगाउन सुझाव दिएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्