२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

फाइल तस्बिर : सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्र, जहाँ केही दिनअघिको बाढीपहिरोमा परी बेपत्ता २० जना झै भेटिएका छैनन्।

भोलि अर्थात् आइतबारदेखि पाँच दिन देशभर व्यापक वर्षाको सम्भावना रहेकाले बाढी तथा पहिरोबाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आम नागरिकलाई आग्रह गरेको छ ।  

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यो पाँच दिन जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सरेर ज्यान जोगाउन सुझाव दिएका छन् ।  

तलको लिंक खोलेर कार्यकारी प्रमुख पोखरेलको भनाइ सुनौं :

प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ– अब यो पाँच दिन पहाडी भूभागका ससाना नदीनालामा समेत आकस्मिक बहाव बढ्ने सम्भावना भएकाले बाढी र पहिरोकले धेरै घरपरिवार विस्थापित हुन सक्ने र जनधनको क्षति हुन सक्ने अनुमान छ । अतः नदी किनारा एवं पहिरोको आसपासमा बसोबास गर्ने व्यक्तिले उच्च सतर्कता अपनाउन हुन अनुरोध गरिन्छ।’

प्राधिकरणकाे याे विज्ञप्ति पढाैँ :

 

यो पनि पढ्नुहोस्

साउन ५ देखि देशभर व्यापक बाढीको सम्भावना

यो पनि पढ्नुहोस्

पहिरो जानुअघि कस्ता संकेत देखिन्छन् ? (भिडियो जानकारी)

 

प्रकाशित: ३ श्रावण २०७७ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App