८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पहिरो जानुअघि कस्ता संकेत देखिन्छन् ? (भिडियो जानकारी)

फाइल तस्बिर

मनसुन लागेयता वर्षा सुरु भएसँगै देशभर बाढी, पहिरो र डुबानले धनजनको क्षति गराइरहेको छ।  

वर्षाका बेला तराईमा बाढी तथा डुबानको समस्या बढी हुन्छ भने पहाडमा पहिरोको जोखिम ज्यादा हुन्छ ।  

यसैकारण सम्बन्धित निकायले त्यस्ता जोखिमबाट नागरिकलाई बचाउन सकेसम्मका प्रयास गरिरहेका छन् । वर्षा हुने तथा बाढी आउनेबारे पहिले सूचना दिने गरेका छन् । जसलाई ध्यान दिएर पनि हामी त्यस्ता विपदबाट बच्न तथा क्षति न्यून गर्न सक्छौं ।  

 

यो पनि पढ्नुहोस्

‘पाँच दिन ठूलो वर्षाको सम्भावना, ज्यान जोगाऔं’

 

यसै क्रममा पहिरो जाँदैछ भन्ने कुरा कसरी थाहा पाउने भन्ने सन्दर्भमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले एउटा चेतनामूलक भिडियो सन्देश जारी गरेको छ। जहाँ विज्ञले पहिरो जानुपूर्व के कस्ता संकेत देखिन्छन् भन्ने जानकारी दिएका छन् ।  

विज्ञका अनुसार पहिरो सधैं संकेत दिएरै जाने नभए पनि कहिलेकाहीं भने लक्षण देखिन्छन् । जस्तै : घरआँगन, बस्तीवरिपरि जमिन चिरा पर्ने, जमिनमा अस्वाभिवक कटकट आवाज आउने, रूख तथा बिजुलीका पोल ढल्ने, घरका झ्याल÷ढोका लगाउन अप्ठेरो हुने, पानीका मूल अचानक सुक्ने वा बढ्ने।  

थप जानकारी यस भिडियोमा : 

प्रकाशित: ३ श्रावण २०७७ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App