२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।

पहिरोले ट्रक पुरियो, सिद्धार्थ राजमार्ग अवरुद्ध

सिद्धार्थ राजमार्गको तानसेन–बुटवल सडकखण्डको तानसेन नगरपालिका–८ गौडेपुल नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको छ। बिहिबार राति १०ः३० बजे गौडे पुल नजिकै पहिरो खस्दा सडक बनेको हो।

पहिरो पीडितको राहत सदरमुकाममा थन्कियो

म्याग्दीको धौलागिरि र मालिका गाउँपालिकाका पहिरो प्रभावितका लागि सङ्कलित राहत सामग्री सदरमुकाम बेनीमा थन्किएको छ। पहिरो गएको एक हप्तासम्म पनि पर्याप्त राहत सामग्री ढुवानी हुन नसक्दा पीडितको दैनिकी कष्टकर बनेको छ।

पहिरोले एकै परिवारका ३ को ज्यान गयो

अविरल वर्षापछि आएको पहिरोमा परी कास्कीको माछापुच्छ«ेमा एकै परिवारका ३ जनाको ज्यान गएको छ। गएराति आएको पहिरोले माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ खोराको मुखस्थित प्रेमराज विकको घरको एउटा कोठा पुरिदा उनका नाती र १ नातिनीको ज्यान गएको हो।

साउन ५ देखि देशभर व्यापक बाढीको सम्भावना

बाढी पूर्वानुमान महाशाखाले यही साउन ५ गतेदेखि देशैभर व्यापक बाढीको सम्भावना रहेको चेतावनी दिएको छ ।

आसाममा बाढीबाट ५९ को मृत्यु, ४५ लाखभन्दा बढी प्रभावित

गुवाहाटी भारतीय राज्य आसाममा परेको भारी वर्षा र त्यसपछिको बाढीका कारण जनधनको ठूलो क्षति भएको छ।

पहिरोमा एकै घरका पाँच महिला पुरिए

बस्ती माथिबाट खसेको पहिरोले घर पुर्दा सीमावर्ती भोटेकोसी गाउँपालिका–४ फूल्पिङकट्टी गाउँका एकै परिवारका पाँच महिला पहिरोमा पुरिएका छन्। एक महिलाको मृत्यु भएको छ भने अरु चार पहिरोमा बेपत्ता भएका छन्।

बाढी आएपछि नदीमा पुग्छन् बोटे समुदाय

असारको उर्लिदो भेल । नदीमा जब बाढी आएको थाहा हुन्छ तब व्यास–५ का बोटे समुदाय दौडेर नदी किनारामा आइपुग्छन् । बाढी आएपछि उनिहरुलाई मिनेट मिनेटको महत्व छ । नदीले बगाएर ल्याएको दाउरा संकलन गर्नको लागि उनिहरु व्यस्त हुने गरेका छन् ।

कस्तो छ, वर्षा र बाढीको सम्भावना ? (शुक्रबारसम्मको विवरण)

महाशाखाका अनुसार बुधबार देशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, ५, गण्डकी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा ठूलो वर्षाको पनि सम्भावना छ ।

गण्डकी र प्रदेश ५ मा बाढीपहिरो: असारमा मात्रै ७३ जनाको ज्यान गयो

असार लागेपछि गण्डकी र प्रदेश ५ का विभिन्न जिल्लामा बाढीपहिरोले ७३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन्। पछिल्लोपटक स्याङ्जामा मंगलबार बिहान गएको पहिरोले तीनजनाको ज्यान लिएको छ भने एकजना हराएका छन्।

गण्डकी प्रदेशमा बाढीपहिरोको क्षति, पाँच दिनमा ५३ जनाको ज्यान गयो

एकसाता नपुग्दै गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढिपहिरोले ५३ जनाको ज्यान लिएको छ भने अझै ६ जना बेपत्ता छन् ।

प्रदेश २ मा बाढी पीडितलाई उद्वार, व्यवस्थापन र राहतका लागि मन्त्रीस्तरीय समिति

प्रदेश २ सरकारले बाढीपहिरो पीडितको उद्वार, क्षतिपुर्ती तथा राहतको व्यवस्थापनका लागि मन्त्रीस्तरीय समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले जोखिम न्यूनीकरण, भौतिक संरचना संरक्षण, कटान नियन्त्रणका लागि विपद अनुगमन व्यवस्थापन समिति गठन भएको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

बाढीबाट क्षति यकिन गर्न मन्त्रीस्तरीय समिति

बाढी तथा डुबानबाट भएका क्षतिको स्थलगत अनुगमन गरी पीडितलाई राहत उपलब्ध गराउन प्रदेश सरकारले मन्त्रीस्तरीय विपद अनुगमन तथा व्यवस्थापन समिति गठन गरेको छ ।

तातोपानीबाट सातादेखि आयात ठप्प

अरनिको राजमार्ग बाढीपहिरोले अवरुद्ध हुँदा उत्तरको मुख्य व्यापारिक नाका तातोपानीबाट हुने आयात सातादेखि ठप्प भएको छ । नाका भित्रिसकेका करोडौँ मूल्यका सामाग्री तातोपानीमै रोकिएका छन् ।

बाढीपहिरो पीडितको उद्वार गर्न आग्रह

पूर्वसांसद मञ्च, नेपालले बाढी, पहिरो, डुबानबाट पीडितलाई तत्काल राहत सामग्री उपलब्ध गराउन र घाइतेको यथाशीघ्र उपचार गर्न सरकारसँग माग गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्