२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्याङ्गजामा पहिरोः निरीक्षणकालागि हिडेका पूर्व गाविस अध्यक्षको मृत्यु, तीन बेपत्ता

स्याङजाको बिर्घामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता छन्। त्यस्तै पहिरोमा परेर दुई जना घाइते भएका छन्। जिल्लाको कालिगण्डकी गाँउपालिका वडा नं. ४ मा खहरेमा गएको पहिरोमा परेर खहरेकै इमानसिंह रानाको मृत्यु भएको हो । राना सविकको बिर्घा गाविसका पूर्व अध्यक्ष हुन्।

आज पनि विभिन्न स्थानमा वर्षा र बाढीपहिराेको सम्भावना

प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी (ठूलो) वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पहिरोले खोस्यो खुशी

केही दिनदेखि भीषण वर्षाको खबर सुनेका तनहुँको ऋषिङ गाउँपालिका–८ पल्ट्याङ भैँसीकिलीका आनबहादुर थापालाई आइतबार रातिदेखि नै निद्रा परेको थिएन। उनी र श्रीमती ज्योतिमाया पुरानो घरमा सुत्ने तर्खर गर्दै थिए।

एक महिनामा बाढीपहिरोका १४ घटना

पछिल्लो एक महिनामा नेपालमा बाढीपहिरो र डुबानका कारण ८५ को मृत्यु भएको छ भने ४६ जना बेपत्ता छन्। गृह मन्त्रालयको जानकारीअनुसार गत जेठ ३१ गतेदेखि असार २९ गतेसम्मका बाढीपहिरो र डुबानका १४ घटनामा ५० जना घाइते भएका छन्। त्यस्तै, एक सय ३४ घरमा क्षति पुगेको छ भने १५ जिल्ला प्रभावित छन्।

११ जना थपिँदा चार दिनमा मृतकको संख्या ७१ पुग्यो

देशका विभिन्न ठाउँमा गएको बाढीपहिरोमा परी थप ११ जनाको मृत्यु भएको छ भने चारजना अझै बेपत्ता छन्। योसँगै चार दिन यताको बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७१ पुगेको छ। अझै ४५ जना बेपत्ताको सूचीमा छन्।

बस्ती जोगाउन दिनरात खट्दै सशस्त्र प्रहरी सँगै स्थानीय

बागमती नदीमा आएको बाढी बिस्तारै कम हुदै गएपछि कटान तिब्र बनेको छ । बाढीको पानी कम भएर पानीको बहाबको गति बढेकोले रौतहटको ब्रहम्पुरी गाउँ नजिक कटान तिब्र पारेको हो ।

छियाछिया गाउँ, पालमा समेत निद्रा लाग्दैन गाउँलेको

बारेकोट गाउँपालिका–४ सार्कीगाउँका दुई घर पहिरोले पुरिँदा तीन जना मात्र बाँच्न सफल भएका छन्। गोठमा पशुचौपाय हेर्न गएका छोरा, छिमेकीलाई सहयोग गर्न गएका घरमुली र मामाघर गएका कारण उनीहरुको ज्यान बचेको हो।

तयारी नहुँदाको तनाव

विद्यमान ऐनले निकै राम्रा प्रावधान समेट्दा समेट्दै पनि त्यसलाई सरोकारवाला निकायले गम्भीरतापूर्वक लिएको पाइएन। अहिले विपत् बढिरहँदा हामी हेरिरहन बाध्य छौँ। ऐनले नै पूर्वतयारी, प्रतिकार्य, पुनर्लाभ, पुनव्र्यवस्थापन र पुनर्निर्माणमा जोड दिँदै पूर्वतयारीले क्षति न्यून गराउन सक्ने बताउँदा हामी त्यसमा चुक्यौँ।

बाढीपहिरोमा मृत्यु हुनेको संख्या ६० पुग्यो

देशका विभिन्न ठाउँमा बाढीपहिरोमा परी थप पाँचजनाको मृत्यु भएको छ। योसँगै चार दिनयता बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ। यो संख्या शनिबार ५५ थियो। यसैगरी बाढीपहिरोमा ४१ जना बेपत्ता छन्।

बागमती र लाल बकैया नदीमा बाढी कम भएपछि नदी कटान तीव्र

बागमती र लाल बकैया नदीमा आएको बाढीको पानीको सतह कम भएपछि दुवै नदीले कटान तीव्र पारेको छ । बागमती नदीले लक्ष्मीपुर, गढो, बडहर्वा, पिपरा रजवाडा, समनपुर, धर्मपुर, ब्रह्मपुरी लगायका स्थानमा कटान गरिरहेका छन् ।

बाढीबाट विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालियो

केही दिनदेखि परेको अविरल बर्षाका कारण जिल्लाको विभिन्न स्थानमा बाढीले धान खेत कटान र पानीको सतह बढेपछि विस्थापितलाई सुरक्षित स्थानमा सार्न थालिएको छ ।

आज यी क्षेत्र बाढीको उच्च जोखिममा, सतर्कता अपनाउन सुझाव

जारी वर्षाका कारण आज (आइतबार) पनि देशका विभिन्न स्थानमा बाढी तथा डुबानको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

गाईघाट डुवान, पहाडी सडक अवरुद्ध

केहीदिनयताको निरन्तर वर्षाका कारण आएको बाढीले बगाएर उदयपुरमा एक बृद्धको मृत्यु भएको छ। दुईदिनयता लगातार भईरहेको वर्षापछि त्रियुगा नदीमा आएको बाढीले बगाउँदा त्रियुगा नगरपालिका ९ गहिरुनका ६० वर्षीय मानन चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बाढीपहिरो: तीन दिनमा ५५ जनाको मृत्यु, ३१ बेपत्ता

तीन दिनदेखिको अविरल वर्षाका कारण देशभरिको जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढीपहिरो र डुबानले सयौं परिवार विस्थापित भएका छन्। पहाडमा बाढीपहिरो र तराईमा डुबानको खतरा अझै टरेको छैन। बाढीपहिरोमा परी तीन दिनयता ५८ जनाको मृत्यु भइसकेको छ भने ३१ जना बेपत्ता छन्।

म्याग्दीमा बाढीपहिरोमा २७ जनाको मृत्यु, चारजना अझै बेपत्ता

म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, विममा गएको पहिरोमा परेर बेपत्तामध्ये अहिलेसम्म २६ जनाको शव भेटिएको छ । मराङमा बेपत्ता भएकामध्ये १८ जना र विममा ८ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्