२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

चार नगरपालिकाको सदरमुकामसंग सडक सम्पर्क विच्छेद

लागातार तिन दिनदेखि परिरहेको अविरल वर्षाको कारण रौतहटको जनजीवन प्रभावित बनेको छ । पहाडी तथा चुरे क्षेत्रमा निरन्तर भइरहेको वर्षाको कारण जिल्लाको प्रमुख तथा सहायक नदीहरूमा आएको बाढीले सदरमुकाम गौर सहित दर्जन गाउ डुबानमा परेका छन् ।

पूर्वप्रधानमन्त्री दाहालबाट बाढी प्रभावित क्षेत्रको अवलोकन

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनमा नारायणी र अन्य नदीको कटान अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन दिएका छन् ।

बाढी पहिरो पीडितलाई तत्काल उद्धार गरी विद्यालय भवनमा राखिने

बाढी पहिरो पीडितहरुलाई तत्काल उद्धार गरी सार्वजनिक भवन र विद्यालयहरुमा राख्न सकिने विषयमा छलफल भएको छ । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवालासँग गरेको छलफलमा तत्काल उद्धार गरी सामुदायिक विद्यालयमा राख्न सकिने विषयमा छलफल गरेको छ ।

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाउन नेता खनालको आग्रह

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्।

बाढीपहिराेकाे वितण्डाः अपत्यारिलो ठाउँमा अकल्पनीय क्षति

कोभिड–१९ को जोखिम कायमै रहँदा मनसुनजन्य विपद्को कहरले मुलुकका अधिकांश क्षेत्रको जनजीवन प्रभावित भएको छ। विपद् व्यवस्थापन विज्ञका अनुसार अपत्यारिलो स्थानमा पहिरोले अकल्पनीय क्षति पु¥याएको छ। मुख्यगरी पर्वत, बझाङ, पाल्पा, सिन्धुपाल्चोक, रुकुम, म्याग्दी, कास्की, जाजरकोटमा पहिरोका अपत्यारिलो घटना भयो। पर्वत, बझाङ, होस् या सिन्धुपाल्चोकका बाह्रबिसेमा खसेको पहिलो, त्यति धेरै क्षति हुन्छ भनेर आँकलन थिएन।

बाढी पूर्व तयारी : उद्वारदेखि प्राथामिक उपचारसम्म अभ्यस्त सुरक्षाकर्मी

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र रेडक्रसका कर्मचारी उद्वार सामग्रीसहित शुक्रबार दिउँसो बबई नदीको भादा घाटमा पुग्छन् ।

आज कता–कता बाढीको खतरा?

आज बागमतीसहित कोसी, कमला र नारायणी नदीमा बाढी सतर्कता आसपास हुने देखिएको छ भने कन्काई नदीको बहाव खतरा तहसम्म पुग्ने सम्भावना छ । यस्तै प्रदेश १ र २ का चुरे र तराईबाट वहने साना नदीमा पनि आकस्मिक बाढी आउने उच्च सम्भावना छ ।

‘हामी बाढीपहिरोले असर गर्ने भू–भागमा छौँ’

भूगर्भमा रहेको युरोसियन र इन्डियन टेक्टोनिक प्लेटको टकराबकारण यस क्षेत्रमा बेलाबेला भूकम्प जान्छ। जसले धरातल कमजोर बनाएको छ। अहिले जलवायुमा आएको परिवर्तनले एकैपटक ह्वार्र भेल आउँछ। हामीले विकास निर्माण गर्दा धेरै ठाउँमा पानीको प्राकृतिक मार्ग बिथोलेका छौँ। जसकारण भेल हामीले नै बनाएका खोँच वा खाल्टा छिरेर पहिरो जाने गर्छ।

वन मन्त्रालयसँग छैन बाढीपहिरोको क्षति विवरण

प्रधानमन्त्री कार्यालयले शुक्रबार वन तथा वातावरण मन्त्रालयसँग बाढी–पहिरो र त्यसले वातावरणमा पु¥याएको क्षति विवरण माग्यो। पत्रमार्फत प्रधानमन्त्री कार्यालयले क्षति विवरण माग्दा वन मन्त्रालयमा बाढीपहिरोजन्य वातावरणीय घटनाको विवरण नै पाइएन। आफूसँग सम्बन्धित घटनाको कुनै अभिलेख नराखेको सो मन्त्रालयले त्यसपछि बल्ल मातहतका कार्यालयलाई सूचना संकलन गरी पठाउन निर्देशन दिएको छ।

भोटेकोसी र बाढीपहिरोको घेराबन्दीमा छौं: जाङ्मु शेर्पा

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ। यो साल पनि बहुलाउन थालिसक्यो। भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौं। भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो। खासा (तिब्बत÷चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ। हाम्रो गाउँको मुखैमा भोटेकासी जलविद्युत् आयोजनाको बाँध छ।

जुरे पहिरोपीडित भन्छन्, सरकार हाम्रा लागि रहेनछ

जुरेका पहिरोपीडितका लागि भनेर प्रवासी दाजुभाइले २ करोड २४ लाख ६६ हजार रुपैयाँ संकलन गरी जिल्ला दैवी प्रकोप उद्धार समितिको खातामा राखिदिएका थिए। त्यो रकम अझै त्यही खातामै थन्किएको छ।

पहिरोको वितण्डाः २१ जनाको मृत्यु, ३७ बेपत्ता

पहिरोमा परी गण्डकी प्रदेशमा ११ जनाको ज्यान गएको छ भने ३० जना बेपत्ता छन। त्यस्तै कर्णाली प्रदेशमा ९ जना र प्रदेश ५ को गुल्मीमा एकजनाको मृत्यु भएको छ। वर्षा भइरहेकाले पहिरोपीडत र विस्थापितको उद्धार र राहत वितरणमा समस्या आएको छ।

पहिरोले घर बगाउँदा कर्णालीमा नौको मृत्यु

लगातारको बर्षाका कारण बाढीले घर बगाउँदा पछिल्लो २४ घण्टामा कर्णालीमा नौ जनाले ज्यान गुमाएका छन् भने सात जना अझै बेपत्ता छन् ।

जम्बु बाढी पीडित : गाँस न वास

जम्बु र बुल्कुटे बाढीपहिरो घटनाका पीडित सम्बन्धित निकायको बेवास्ताको सिकार बनेका छन् । उनीहरुले अहिलेसम्म कुनै निकायबाट राहत पाएका छैनन् ।

बाढीपहिरोको वितण्डा : भोटेकोसी करिडोरमा थप जनधन क्षति, एक बेपत्ता

तीन दिनदेखिको अबिरल बर्षाले भोटेकोसी नदी करिडोरमा शुक्रबार थप क्षति पुर्‍याएको छ । भोटेकासी गाउँपालिका–३ लार्चामा बाढीले बस्ती बगाउँदा एक जना बेपत्ता भएका छन् । दुई घाइते भएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्