१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वप्रधानमन्त्री दाहालबाट बाढी प्रभावित क्षेत्रको अवलोकन

चितवनमा शनिबार नारायणी नदीले कटान गरेको भूभाग अवलोकन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल । तस्बिर : सूर्यप्रकाश/नागरिक

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले शनिबार चितवनमा नारायणी र अन्य नदीको कटान अवलोकनपछि आवश्यक तटबन्ध निर्माणका लागि निर्देशन दिएका छन् ।  

अध्यक्ष दाहालको निर्वाचन क्षेत्र माडीमा खोलाले बगाएर ३० वर्षीय एक युवकको मृत्यु भएपछि उनी चितवन आएका हुन्। माडीमा शुक्रबार दिउँसो खहरे खोला तर्ने क्रममा बाढीले बगाएका ती युवकको शव शनिबार माडी नगरपालिका–७, हरिनगरमा भेटिएको थियो ।

नेकपा अध्यक्ष दाहालले माडी जानुपूर्व भरतपुर महानगरपालिका वडा नम्बर २७ र २८ को सीमाक्षेत्र न्यूरेमा नारायणी नदीले गरेको कटान अवलोकन गरेपछि तटबन्धको काम प्रभावकारी रुपमा गर्न निर्देशन दिएका थिए । त्यस क्षेत्रमा नारायणीले चार मिटरसम्म जमिन कटान गरेको छ ।

बाढी प्रभावित क्षेत्र निरीक्षणमा पूर्वप्रधानमन्त्री दाहालसँगै वागमती प्रदेशका सांसदद्वय कृष्ण भूर्तेल र विजय सुवेदी, भरतपुर महानगर प्रमुख रेनुु दाहाल, नेकपा जिल्ला अध्यक्ष यमबहादुर परियार लगायत सहभागी थिए । नारायणीले कटान गरेको क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा तटबन्धको काम भइरहेको छ ।

प्रकाशित: २७ असार २०७७ १०:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App