८ मंसिर २०८१ शनिबार
image/svg+xml
खेल

राईले डब्लुएमएसी वेल्समा खेल्ने

नेपालका सन्जितकुमार राईले डब्लुएमएसी वेल्स खुला प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी नोभेम्बर २४ मा युकेको साउथ वेल्समा डब्लुएमएसी वेल्स खुला प्रतियोगिता हुँदै छ। सोही प्रतियोगितामा सन्जितले नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्ने भएका हुन्। प्रतियोगिताका खेलहरू इबिबिडब्लु भेल लिजर सेन्टरमा हुनेछ। नेपाल उमा कुङ्फु संघका अध्यक्ष कमल मगरले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए। उनी नेपाल उमा कुङफु संघका नवनिर्वाचित अध्यक्षसमेत हुन्। सन्जित शुक्रबार नै वेल्स प्रस्थान गरिसकेका छन्। उनले चाइनिज क्रिएटिभ फर्म र चाइनिज ट्रेडिसनल फममा प्रतिस्पर्धा गर्नेछन्।

यसअघि सन्जितले दुई अन्तर्राष्ट्रिय प्रतियोगितामा दुई स्वर्ण र एक कांस्य जितेका छन्। उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र दुई कांस्य तथा २०२४ मा अमेरिकाको न्यु जर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जितेका थिए।

राष्ट्रिय उमा कुङफु प्रतियोगिताको दुई फरक संस्करणमा सन्जितले दुई स्वर्ण जितेका छन्। सन्जितले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायका रूपमा पनि काम गरेका थिए।  

प्रकाशित: ८ मंसिर २०८१ ०९:०३ शनिबार

#WMAC Wales Open Tournament #Sanjit Kumar Rai from Nepal