४ वैशाख २०८१ मंगलबार
समाज

बाढी पूर्व तयारी : उद्वारदेखि प्राथामिक उपचारसम्म अभ्यस्त सुरक्षाकर्मी

बबई नदीमा बाढी पूर्व तयारी अभ्यास गर्दे सुरक्षाकर्मी र रेडक्रसकर्मी । तस्बिर : निर्मल घिमिरे

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र रेडक्रसका कर्मचारी उद्वार सामग्रीसहित शुक्रबार दिउँसो बबई नदीको भादा घाटमा पुग्छन् । बबई नदीको सतह बढेको अवस्थामा त्यस्तो दृश्य देख्दा अधिकांशलाई असमान्य लाग्यो । लाइफ ज्याकेट, स्टेचर, खुकुरी, रबट बोड, ट्यूब लिएका सुरक्षाकर्मी हतारोमा देखिन्छन् । यसैबीच नदीको बीचबीचबाट बगेका मानिसले बचाउँ बचाउँ भन्दै गरेको आवाज गुन्जिन्छ ।

उद्वार समग्री लिएर बसेका सुरक्षाकर्मी बबई नदीभित्र हेलिन्छन् । एक एक गरेर रबट बोडको सहयोगमा मानिसलाई सुरक्षाकर्मीले नदी किनारामा लगाउँछन् । उद्वार भएका मानिस प्राथामिक उपचार गरेर गाडीमा पठाएको दृश्य रोमान्चक देखिन्छ । दृश्यमा बबई नदीमा ठूलो बाढी आएको भन्ने संकेत गरिरहेको भान हुन्छ । तर, वास्तविकता नभएर बाढी आएको अभिनय गरेको दृश्य हेर्न लायक हुन्छ ।

बाढी आउदाको चित्रण गरेको प्रस्तुतिको दृश्यले दंग भएको भादापुरका सन्तोष गोडियाले सुनाए । नदी सतह बढेकाले सुरुमा बाढीले नै बगाएको हो कि भन्ने लाग्यो’अचम्भित मान्दै उनले भने,‘यहाँ त अभिनय प्रस्तुत गरिएको रहेछ ।’  

बाढि आएको नभएर विपद व्यवस्थापन समितिले बाढी पूर्व तयारीका लागि अभिनय गरेको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्रका अधिकृत रुपन ज्ञवालीले बताए । ‘बाढी आउँनु पूर्व सुरक्षाकर्मीलाई अभ्यास गराईन्छ,’उनले भने,‘यदि बाढी आईहाले सहज तरिकाले उद्वार गर्न अभ्यासले सहयोग पुग्छ ।’

बाढी आएमा उद्वार कसरी गर्ने भन्ने बारेमा सुरक्षाकर्मीले बबई नदीमा कला प्रस्तुत गरेको उनी बताउँछन् । उनका अनुसार केन्द्रले बाढीबाट जोखिम रहेका त्यस्ता बस्ती नजिक सुरक्षाकर्मीलाई अभ्यास  गराउँदै आएको छ ।

बबई नदीमा ०७१ र ०७४ मा ठुलो बाढी आएको थियो । ३४ जनाको मृत्यु भएको थियो भने एक हजार घरधुरी बिस्थापित भएको रकर्डमा उल्लेख छ । बाढीमा फसेकालाई सहज तरिकाले उद्वार गर्न सकिन्छ भनेर सुरक्षाकर्मी र रेडक्रस स्वयमसेवकले अभ्यास गरेको उनले जानकारी दिए ।

बाढी पूर्व तयारीका लागि कृतिम अभ्यास जरुरी भएकोे रेडक्रसका पूर्व अध्यक्ष महेशचन्द्र गौतमले बताए । ‘नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसका स्वयमसेवक र स्थानीय सहभागिता अभ्यास गरिदै आएको छ’उनले भने । प्राकृतिक विपदबाट बच्नका लागी पूर्व तयारीमा रहन र सर्तक रहन सर्वसाधरणलाई उनले आग्रह गरे ।

उद्वारकर्ताले अभियन गर्दा नदी तटिय क्षेत्रका मानिसहरुमा अनुहार तनाव झल्किन्थ्यो । सुरक्षाकर्मीको अभिनयले अधिकांश बाढी आएकै ठानेर त्रस्त थिए । उद्वार अभ्यास गर्दा हुने घटनाको चित्रण गर्दा स्थानीय त्रसित भएको स्थानीय शिब चौधरीले सुनाए । ‘अभियन गर्न थालेको थाहा पाएका स्थानीय हास्दै घर फर्के,’ उनले भने ।  

बाढि आउदा समेत घरेलु समानबाट ज्यान जोगाउन सकिने उल्लेख गर्दे अभ्यास गर्दा स्थानीय धेरै कुरा बुझ्ने मौका पाएको सहायक प्रमुख जिल्ला अधिकारी गाणेश विक्रम शाहले बताए । ‘ग्यालिन जोडेर तैरन र केराको बोगाबाट डुँगा बनाउन डोरीबाट मान्छे कसरी तान्न सकिन्छ भन्ने सामान्य कुरा सर्बसाधरण जानकार हुनाले यस्ता अभ्यास सबैलाई फाईदा हुन्छ,’ उनले भने । अभ्यासले मानिसलाई दक्ष बनाउने बिश्वास समितिले लिएको उनले बताए ।  

उनका अनुसार बाढीको बखत हुन सक्ने मानवीय तथा भौतिक क्षति तथा खोज तथा उद्वार कार्यलाई प्रभावकारी बनाउने उद्देश्यका साथ हरेक वर्ष झै यसवर्ष पनि बबई नदीमा कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।  

नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना तथा रेडक्रसको सहभागितामा भएको बाढीको कृतिम घटना अभ्यासमा करिव १ सयजना जनशक्तिको सहभागी रहेको थियो । यतिबेला मनसुन सकृय रहेकाले  कर्णाली र बबई नदीको सतह बढ्ने क्रममा छ । उद्वार अभ्यासमा खटिने सशस्त्र प्रहरी बाढी पूर्व तयारीका लागि अभ्यस्त भएको सशस्त्र प्रहरी उपरीक्षक यादव बिश्वकर्माले बताए । ‘जिल्ला बाढीबाट  जोखिम भएकाले अभ्यस्त कर्मचारीलाई छनोट गरेका छौ’ उनले भने, ‘बाढी आएको खण्डमा बेला अभ्यस्त सुरक्षाकर्मी परिचालन हुन्छन् ।’

प्रकाशित: २७ असार २०७७ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App