२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

उर्लियो नारायणी, बाढीको डर

दुई दिनदेखिको अविरल बर्षासँगै त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ । देवघाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर नारायणी नदी सुरु हुन्छ ।

प्रदेश ५ : पहाडमा पहिरो, तराईमा बाढीको त्रास

अविरल वर्षाका कारण प्रदेश न. ५ मा बाढी पहिरोले वितण्डा मच्चाउन शुरु गरेको छ। प्रदेशका पहाडी क्षेत्रमा पहिरो र तराईमा डुबान शुरु भएको हो। बिहीबार रातीदेखि परेको अविरल वर्षाले मानवीय क्षतीका साथै केहि घरमा क्षती गरेको छ।

बाँचेर घरबाट भागेका पहिरो पीडितको क्रन्दन : ‘रातभरिमा नमरे भोलि प्रशासनलाई फोन गरौँला’

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ । यो साल पनि बहुलाउँन थालिसक्यो । भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौँ ।

सेती नदीको बाढीले ४३ घरमा जोखिम, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

बिहीबार रातिदेखि परेको अविरल बर्षाका कारण सेती नदीमा आएको बाढीले शुक्लागण्डकी नगरपालिकाका ४३ घरपरिवार जोखिममा परेका छन् ।

बाढीको खतरा बढेपछि प्रदेश २ मा हाइअलर्ट

मनसुन सक्रिय भएसंगै खोलानदीमा पानीको बहाव बढेर ढुवान र बाढीको खतरा बढेपछि प्रदेश सरकारले हाइअलर्ट जारी गरेको छ। शुक्रबार मुख्यमन्त्री लालबाबु राउतले बाढी पहिरोबाट प्रदेशमा हुन सक्ने जोखिम न्यूनीकरणकालागि तीनै सुरक्षा निकायलाई हाइअलर्टमा बस्न निर्देशन दिएका छन्।

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थल सारिँदै

स्थानीय प्रशासनले भोटेकोसी र सुनकोसी नदी तटीय क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरेको छ। निरन्तरको वर्षाले दुबै नदीको बहाव उच्च भएपछि सम्भावित बाढीपहिरोको घटनामा मानवीय क्षति हुन नदिन स्थानीयलाई सुरक्षितस्थलमा सार्न लागिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

बाढी वितण्डा

पानी परेका बेला जताततै पानी पानी हुने गरेको छ। पानी नभएको बेला जताततै सुक्खा खडेरी हुन्छ। हामीले आकासबाट परेको पानीलाई प्राकृतिकरूपमा सञ्चय गर्ने परम्परागत ज्ञान र सिपलाई बेवास्ता गरेका छौँ। राजधानी काठमाडौँंमा जमिनमुनिको पानी निकालेर प्रयोग गरिएको छ।

पश्चिम म्याग्दीमा पहिरोले कम्तिमा २० जना सम्पर्कविहिन (अपडेट)

गएराती अविरल वर्षापछि पश्चिम म्याग्दीका विभिन्न स्थानमा कम्तिमा २० जना पहिरोमा सम्पर्कविहिन भएका छन्। एक्कासि आएको बाढीले वितण्डा मच्चाएको छ। भिषण बर्षासँगै शुक्रबार विहान आएको बाढीले मालिका गाउँपालिका–७ बिममा ८ जना बेपत्ता भएका छन्।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी कार्यमा कठिनाइ

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ। बाढीपहिरोमा अझै २० हराइरहेका छन्। निरन्तरको वर्षा, उच्च बहावमा तीव्र गतिमा उर्लिरहेको भोटेकासीको कटान र ठाडा खोल्सीबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

कास्की र लम्जुङका विभिन्न ठाउँमा पहिरोः एकै परिवारका तीनसहित ९ को ज्यान गयो (अपडेट)

पोखराका विभिन्न ठाउँमा पहिरो जाँदा ६ जनाको ज्यान गएको छ भने ९ जना घाइते भएका छन्। पोखराको सराङ्कोटमा गएराति आएको पहिरोले घर पुरिदा ५ जनाको ज्यान गएको छ।

जोखिम रोक्न झिनो तयारी, विपतमा सधैं चुक्छ सरकार

पहाडमा पहिरो र मधेसमा डुबान वर्षैपिच्छेका समस्या हुन्। हरेक वर्ष बाढीको पिरलो त देशभरिकै समस्या हो। बाढीपहिरो र डुबानका कारण नेपालमा बर्सेनि सयौंको ज्यान जाने र करोडौंको भौतिक सम्पत्ति क्षति हुने गरेको छ। चालु आवमा २०७६÷७७ मा मात्र ४० भन्दा बढी स्थानमा पहिरो गएको छ। ती पहिरोमा करिब सयजनाको ज्यान जानुका साथै दर्जनौं बेपत्ता भएको प्रहरी रेकर्डमा देखिन्छ। यही असारमा समेत गुल्मी, पाल्पा, सिन्धुपाल्चोक, बझाङलगायत जिल्लामा पहिरोले वितण्डा मच्चाएको छ।

३६ हजार भन्दा बढी घरधुरी बाढीको जोखिममा

बर्षायाममा पानी पर्दा नदीहरुमा बाढी आउनु स्वभाविक मानिन्छ । तर, पूर्वमा सप्तकोशी, बुढी खोला, सुनसरी खोला, सेरालगायतका नदीमा पानीको बहाव बढ्नासाथ आसपासका बासीन्दालाई भने ठूलै चिन्ताले सताउने गर्छ ।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

बाढीको हल्लाले सीमावर्ती क्षेत्रका साथै सदरमुकाममा त्रास

लगातार बर्षा हुने र बाढीले डुबानमा पर्ने हल्ला फैलिएसँगै जिल्ला सदरमुकाम गौरसँगै सीमावर्ती क्षेत्रका गाउँहरुमा त्रासको वातावरण देखिएको छ ।

सभामुख सापकोटा बाढी प्रभावित क्षेत्रमा

सिन्धुपाल्चोक गृहजिल्ला भएका प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा बाढी, पहिरो प्रभावित क्षेत्रमा आइपुगेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्