coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

उर्लियो नारायणी, बाढीको डर

चितवनमा अविरल बर्षापछि बढेको नारायणी नदीको सतह । तस्बिर : सूर्यप्रकाश/नागरिक

दुई दिनदेखिको अविरल बर्षासँगै त्रिशुली र कालीगण्डकी नदीमा पानीको सतह बढेसँगै नारायणी नदी पनि उर्लिएको छ । देवघाटधामको वेणीमा त्रिशुली र कालीगण्डकी मिसिएर नारायणी नदी सुरु हुन्छ ।

देवघाटधाममा रहेको जलमापन केन्द्रका अनुसार नारायणी नदीमा पानीको सतह देवघाटधाममा सवा सात मिटर र नारायणी पुलमुनि नारायणगढमा पौने एघार मिटर मापन गरिएको छ । जलसतह मापनका यी दुबै बिन्दु खतराको तहभन्दा तल भएपनि सतर्कताको तहभन्दा माथि रहेको जलमापन केन्द्रले जनाएको छ ।

चितवनको भू-भाग भएर बग्ने त्रिशुली, नारायणी, राप्ती र रिउ नदीमा पानीको सतह बढेसँगै बाढीको डर पनि उर्लिएको छ । त्रिशुली नदीले इच्छाकामना गाउँपालिका, नारायणीले भरतपुर महानगरपालिका, राप्ती नदीले राप्ती, खैरहनी र रत्ननगर नगरपालिका एवम् रिउ नदीले माडी नगरपालिकाको विभिन्न भागमा कटान र डुबानको खतरा देखा परेको छ । कालिका नगरपालिकामा कयर खोलाले डुबान गर्ने डरमा स्थानीयवासी रहेका छन् ।

जिल्ला विपद् व्यवस्थापन समिति चितवनको शुक्रबार सम्पन्न बैठकले चितवनका सातवटै स्थानीय तहका ७१ ठाउँमा बाढी र ७१ ठाउँमा पहिरोको जोखिम अनुमान गरेको छ । यसबाट करिब २६ हजार घरपरिवार प्रभावित हुनसक्ने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट बताउँछन् । जोखिमको आँकलन गरी सुरक्षाकर्मी र रेडक्रसलाई आकस्मिक उद्धार तथा राहतका लागि तयारी अवस्थामा रहन अनुरोध गरिएको प्रजिअ भट्टराईले बताए ।

यसैबीच, अविरल बर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा शुक्रबार पहिरो खसेको छ । प्रहरीका अनुसार नारायणगढ–मुग्लिन सडकखण्डको तीनकिलो भन्ने स्थानमा पहिरो खसेको हो । पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्डमा यातायात पुनः सञ्चालनमा आएको छ ।

प्रकाशित: २६ असार २०७७ ११:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App