७ वैशाख २०८१ शुक्रबार
समाज

बस्ती जोगाउन दिनरात खट्दै सशस्त्र प्रहरी सँगै स्थानीय

रौतहटको राजदेवी नगरपालिकाको व्रम्हपुरीमा बागमती नदीको बाँधलाई जोगाउन बनाइएको स्पर भाँसिन थालेपछि सशस्त्र प्रहरीले मर्मत गर्दै ।

बागमती नदीमा आएको बाढी बिस्तारै कम हुदै गएपछि कटान तिब्र बनेको छ । बाढीको पानी कम भएर पानीको बहाबको गति बढेकोले रौतहटको ब्रहम्पुरी गाउँ नजिक कटान तिब्र पारेको हो ।

गाउँलाई जोगाउन सशस्त्र प्रहरी सँग स्थानीय बासी रातदीन जुटेका छन् । आइतबार बिहानदेखी नदीले कटान सुरु गर्दा तटबन्ध जोगाउन बनाईएको स्परलाई बाढीले क्षेति पुर्याउन थालेपछि मर्मत गर्न सशस्त्र प्रहरी र स्थानीय जुटेका छन् ।  

केही दिन अघि देखी पहाडी तथा चुरे भगमा शुरू भएको भारी वर्षाले नदीमा आएको बाढीले जोखिम बढेको थियो । नदीको पानी घटदै जादा राजदेवी नगरपालिका ९ ब्रह्मपुरी टोलदेखी पुर्व र उत्तरतर्फ बनाइएको तटबन्ध बांगमती नदीले कटान गर्न थालेका छन् ।

तटबन्ध कटानले स्थानिय ब्रह्मपुरी, मुडवलवा, लक्ष्मीपुर, बेलबिछवा, लगायत रौतहट सदरमुकाम गौर समेत डुवानको उच्च जोखिममा परेको छ । बाढीको पानीले दुई वटा स्परलाई कटान गरी तटबन्ध माथि नै खतरा पुर्याउने भएपछि राजदेवी नगरपालिकाको आर्थिक सहयोगमा स्थानीय बासिन्दा तथा सशस्त्र प्रहरीले युद्ध स्तरमा भाँसिदै गरेको स्परलाई रात दिन मर्मत गरेर जोगाउने तर्फ जुटेको स्थानीय नविन सिंहले बताए ।  

स्परलाई बचाउन तथा डुवानको असर कम गर्न नगर प्रमुख धिरेन्द्र कुमार सिंहको विशेष सकृयतामा सशस्त्र प्रहरी बल लक्ष्मीपुर बेलबिछवाको टोली तथा स्थानीयहरुको सहयोगमा बासको पायलिङग गरेर बालुवा बोरा हाली खोलाको बहावलाई पुर्व तर्फ फर्काइएको स्थानीय सिंहको कथन छ ।  

यसैगरी बकैया नदीको अत्यन्तै सम्बेदनशिल मानिएका देवाही, करुनिया, जिगडवा बेलविछवा, वैरिया बलुवा, बन्जरहा कटानको समस्याबाट स्थानीयहरुलाई चिन्तीत बनाएको छ । गत बर्ष बकैया नदीमा आएको बमढीले तटबन्ध नै कटान गरी बसिस्तमा बढीको पानी प्रवेश गरेको थियो । उक्त स्थानलाई नदी नियन्त्रणको टालीलले मर्मत सम्भार गरेपनि यसपाली नदीमा अआएको बाढीको पानी कम भएपछि पानीको बेग द्रुत गतिमा बढेर तटबन्ध नजिक कटान तिव्र रुपमा भइरहेको छ । 

बकैया नदीमा आएको बाढीले देवाही नजिक लाल बकैयाले तटबन्ध नजिक कटान गर्न थालेपछि सात वटा गाउँ डुवानमा पर्ने खतरा उत्पन्न भएको स्थानीय विनोद पटेलले बताए । देवही गोनाही नजिक बकैया नदीको तटबन्ध समयमा मर्मत भएन भने करुनिया, जिंगडवा वेलविछवा, भेलही, देवाही गोनाही, राजपुर तुलसी र मलहिनीया गाउ डुवानको उच्च जोखिममा रहेको पटेलको भनाइ छ ।

वागमती नदीले ब्रम्हपुरी बाहेक बसतपुर, दुर्गा भगवतीको बडहर्वा, मत्सरी, माधवनारायणको पिपरा रजवाडा, धर्मपुर, गढीमाईको लक्ष्मिपुर तथा सर्लाही हजरिया खर्सालमा बाँध कटान गरिरहदा पनि वागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालय मर्मत गर्न तर्फ उदाशिन रहेका कारण स्थानीय तहले आफनै पहलमा मर्मत कार्य गरिरहेको बुझिएको छ ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले वागमती र लाल बकैया नदीमा पानीको सतह धेरै कम भएको छ । पानीको वहावमा कमी आएपछि कटान कार्य सुरु भएपछि सम्बन्धित नगरपालिकाको सहयोगमा मर्मत कार्य यद्धस्तरमा भईरहेको तथा नदि नियन्त्रण कार्यालयको प्राविधिक टोलीहरु सम्भावित जोखिम भएको स्थानहरुमा खटिएको तथा मर्मत कार्य पनि सुचारु अवस्थामा रहेकोले सर्वसाधारणहरु आत्तिनुपर्ने अवस्था नरहेको बताए ।

प्रकाशित: २९ असार २०७७ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App