२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

पहिरोका कारण रसुवागढी नाका जोड्ने सडक अवरुद्ध

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक अवरुद्ध भएको छ। स्याफ्रु–रसुवागढी सडक खण्डको तातोपानीडाँडा क्षेत्रमा पहिरो गएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिएको छ। यस क्षेत्रमा वर्षा सुरु भएसँगै पटकपटक सडक अवरुद्ध हुँदै आएको छ।  

यो सडक खण्डको तातोपानी क्षेत्रको दुई स्थानमा पहिरो झरेपछि सडक अवरुद्ध भएको हो। शुक्रबार रातिदेखि निरन्तर वर्षा भएकाले शनिबार बिहान त्यस स्थानमा पहिरो गएको हो। सडक खुलाउनका लागि समन्वय भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताए।  

पासाङ ल्हामु मार्ग अन्तर्गत राम्चे धुन्चे सडक खण्ड भने अवरुद्ध भएको छैन। सडक हिलो भएका कारण सवारी सञ्चालन गर्न भने कठिन भएको छ। 

प्रकाशित: ३ श्रावण २०७७ ०२:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App