coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

साउन ५ देखि देशभर व्यापक बाढीको सम्भावना

फाइल तस्बिर : सिन्धुपाल्चाेक

बाढी पूर्वानुमान महाशाखाले यही साउन ५ गतेदेखि देशैभर व्यापक बाढीको सम्भावना रहेको चेतावनी दिएको छ ।  

बिहीबार ‘नेपाल बाढी सूचना’मार्फत महाशाखाले भनेको छ- ‘श्रावण ५ देखि देशैभरका नदीमा बहाव उल्लेख्ये बढ्ने र श्रावण ६–८ मा सतर्कता पुग्न सक्ने मध्यम सम्भावना ।’

आगामी तीन दिन भने देशका प्रमुख र मझौला नदीमा बहाव सतर्कता (चिह्न) तलै हुने महाशाखाले जनाएको छ ।  

आजको अवस्थाचाहिँ के छ ?

महाशाखाका अनुसार आज भोटेकोसी, बलेफीलगायत सुनकोसीका सहायक नदीमा बहाव उच्च छ भने कोसीमा पनि बहाव बढ्ने तर सतर्कता तलै हुने सम्भावना छ ।  

 

प्रकाशित: १ श्रावण २०७७ १२:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App