१९ असार २०८१ बुधबार
image/svg+xml

महामारीमा आयुर्वेद अफवाह

गत वर्ष डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले विश्व महामारीको रूप लिइसकेकोछ।

तरकारी सस्तिँदा किसान मर्कामा

गत वर्ष यही मौसममा धनगढी उपमहानगरपालिका–१७, पथ्थरीका किसान चेतराम चौधरीलाई तरकारी बेच्न भ्याइनभ्याई थियो । बारीमा लटरम्म फलेका टमाटर, खुर्सानी, काँक्रा, तरभुजले उनले सोचे भन्दा राम्रो मूल्य पाएको थियो । गत वर्षको राम्रो आम्दानी देखेका उनी यसपालि पनि तरकारीमा हौसिए, र अघिल्लो वर्षभन्दा बढी बढाएर १२ कठ्ठा जमिनमा तरकारी लगाए । यसपालि तरकारीले पनि राम्रै फसल दियो, तर सपना भने कोरोना प्रभावले चकनाचुर पारिदियो ।

अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा लकडाउन हटाउने तीन चरणको योजना घोषणा

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले शुक्रबार दिउँसो अस्ट्रेलियामा लगाइएको कोरोना भाइरस प्रतिबन्ध हटाउन तीन चरणको योजना घोषणा गरेका छन् ।

आज लकडाउनको ४७ औं दिन

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ४७ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी लकडाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लकडाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन । लकडाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् ।

उदयपुरमा दोहोरो परीक्षण गर्दा देखियो ३ जनामा कोरोना, संक्रमित सबै भुल्केकै

उदयपुरमा थप ३ जना संक्रमित देखिएका छन् । जिल्लामा पहिलो संक्रमण फेला परेको त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरी मस्जिद र आसपासबासी ३ सय ३१ मध्ये ३ सय ६ जनाको पिसिआर रिपोर्टमा ३ जना संक्रमित देखिएका हुन् । संक्रमण पुष्टि भएलगत्तै उनीहरुलाई आइसोलेसन राख्न विराटनगर पठाइएको छ ।

कोरोना कहर : संकटमा किसान, खेतमै कुहिन थाल्यो तरकारी

पहिला व्यापारी खेतमै आउँथे । अहिले बोलाउँदा पनि आउन मान्दैनन् । लकडाउनका कारण हाट बजार बन्द छ । खेतको उत्पादन बजारसम्म पुर्‍याउन सकिएको छैन । यस्तै अवस्था रहने हो भने कुहिएको उत्पादन खेतमै पुर्नुको बिकल्प रहदैन । कर्जन्हा नगरपालिका– ६ का तरबुजा किसान हरिशंकर मुखियाले नागरिकन्यूजसँग लकडाउनबाट किसानको जिन्दगीमा पारेको अत्यास साझा गरे ।

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ ।

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट चोर नाका हुँदै फर्केका थिए

कपिलवस्तुमा थप ३ जना कोराेना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार जिल्लाको मायादेबी गाउँपालिकाका २ र सुद्धोदन गाउँपालिकाका एक जना संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले शनिबार निकालेको विज्ञप्तीमा कपिलवस्तुसहित ३ जिल्लामा सात जना नया संक्रमति फेला परेका हुन ।

रुपन्देही, नवलपरासी र कपिलबस्तुका सीमानाकामा करिव तीन हजार नेपाली अलपत्र

रुपन्देहीको बेलहिया नाका पारी भारतीय बजार सुनौलीका सडक पेटीहरु केही दिन यता नेपालीहरुले भरीभराउ देखिन्छन्। त्यो हुलमा महिला बालबालिका र बृद्ध पनि छन। ती मध्ये केही भारत स्थित नौतनवाको क्वरेन्टाइनमा १४ दिन बसेर फर्केका हुन। केही भने दिल्ली,बम्बै,पञ्जाव,बैङलोर,लखनउ जस्ता शहरबाट सिधै आएका हुन्।

स्वास्थ्य उपकरण खरिदका लागि पश्चिमाञ्चल अस्पताललाई छ करोड

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण तथा सामग्री खरिदका लागि सरकारले बजेट पठाएको छ।

कोरोनाको औषधि नेपालमै उपलब्ध रहेको दाबी

संसारलाई आक्रान्त पारेको कोरोना भाइरस (कोभिड–१९)को औषधि नेपालमै रहेको दाबी होमियोप्याथिक चिकित्कसहरूले गरेका छन् ।

घरघरमै भूमिपूजा गरी उभौली मनाउँदै किराती समुदाय

प्रकृति पुजक किराती समुदायले यो वर्ष (यलिहाङ संवत् ५०८०)को साकेला उभौली घरघरमा भूमिपूजा गरेर मनाउँदैछ ।

थप  ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वासथ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार शनिबार थप सात जनामा संक्रमण देखिएको हो।

भारतमा रोकिएको कक्षा १० र १२ को परीक्षा जुलाई १ देखि हुने

भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण अवरुद्ध भएको कक्षा १० र १२ को परीक्षा आगामी जुलाई १ देखि हुनेभएको छ ।

क्वारेन्टाईनमै स्वास्थ्यका लागि योगा

कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टाईन स्थापना गरिएको छ। तर सबै क्वारेन्टाईन मापदण्ड अनुसारका छैनन्। कतै व्यवस्थापन अभाव छ, त कतै क्वारेन्टाईनमा बस्न मानिरहेका छैनन्। पहुँचवाला होम क्वारेन्टाईनमा छन्। पहुँचविहिन क्वारेन्टाइनमा धुलो, धुवा र चिसोमा दिन गुजारीरहेका छन्।  जिल्ला भर क्वारेन्टाइनमा भद्रगोल देखिएपनि जुम्लाको कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता स्थित क्वारेन्टाईनमा भने हरेक विहान योगा गरिरहेका छन्। त्यहाँ बसेका १९ जना युवा योगा गर्छन्। शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्तीका लागि योगा निकै उत्तम विकल्प भएको बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्