२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुका कोरोना संक्रमित भारतबाट चोर नाका हुँदै फर्केका थिए

कपिलवस्तु- कपिलवस्तुमा थप ३ जना कोराेना संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शनिबार जिल्लाको मायादेबी गाउँपालिकाका २ र सुद्धोदन गाउँपालिकाका एक जना संक्रमित भेटिएका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबक्ता डाक्टर समिरकुमार अधिकारीले शनिबार निकालेको विज्ञप्तीमा कपिलवस्तुसहित ३ जिल्लामा सात जना नया संक्रमति फेला परेका  हुन ।

यससंगै कपिलवस्तुमा संक्रमितको संख्या ५ पुगेका छ । पाँच जना नै भारतको मुम्बैबाट चोर नाका हुँदै फर्केका हुन । तीन जना मध्ये २ जना मायादेबी गाउँपालिका र एक जना सुद्धोदन गाउँपालिकाको रहेको प्रहरीले जनाएको छ । मायादेबी गाउँपालिका वडा नम्बर २  अभिरावका १८ वर्ष, सोही पालिका वडा नम्बर ८ बिजुवाका १८ वर्ष तथा सुद्धोदन गाउँपालिका– ६ कर्माका १७ वर्षिय युवामा कोरोना देखिएको हो । भेटिएका ५ मध्ये ४ मायादेबी र एक सुद्धोदन गाउँपालिकाका हुन ।

गत मंगलबार मायादेबी गाउँपालिकका– १ स्थित छत्रपाली तीर्थादेबी उमाबिमा रहेका ६५ नजाको स्वाब संकलनको परीक्षणपछि ५ जनामा संक्रमण देखिएको प्रजिअ दीर्घनारयाण् पौडेलले बताए । परीक्षणपछि २ दिन अघि २ जना र शनिबार ३ जना संक्रमति देखिएका हुन । शनिबार पुष्टी आएको मायादेबी गाउँपालिका– २ का १८ वर्षिय युवा पनि यस अघिका २ जना संक्रमितसंगै भारतको मुम्बैबाट फर्कका थिए ।  

भारतको मुम्बैबाट फर्कका सोही पालिकाको वडा नम्बर २ अभिरावका १६ र २६ वर्षे युवामा कोरोना संक्रमति देखिएको थियो । गत बैशाख २३ गते राति भरातको मुम्बैबाट फर्केका ५ जना मध्ये ३ जनामा कोरोना भेटिएको छ । शनिबार संक्रमित देखिएका मायोदी गाउँपालिका– ८ बिजुवका १८ वर्षिय युवा गत बैशख २२ गते र सुद्धोदन गाउँपालिका– ६ कर्माका १७ वर्षिय युवा बैशाख २० गते चोर नाका हुँदै छिरेका थिए । लुकीछिपी नेपाल प्रबेश गरेपछि स्थानीयको सहयोमगा दुबैलाई छत्रपाली तिर्थादेबी क्वारेन्टाइनमा राखिएको थियो ।

चोर नाका हुँदै फर्केका संक्रमितसंगै फर्केका ७ जना मध्ये २ जना अझै भेटिएका छैनन् । सोही समूह मध्ये ३ जनामा संक्रमित भएका हुन । दुबै जनाको खोजी भईरहेको प्रहरी उपरिक्षक शुदिप शमशेर जबराले बताए । प्रदेश नम्बर ५ मा कोरोना संक्रमतिको संख्या ३० पुगको छ । बाँकेमा २४, कपिलवस्तुमा ५ र रुपन्देहीमा एक जना संक्रमित भेटिएका छन् ।

उता संक्रमतिको कन्ट्याक्ट ट्रेसिङ, ट्राभल हिस्ट्री, लगातका कुरा पत्ता लगाउन जनसंख्या तथा स्वास्थय मन्त्रालयकाट डाक्टर यदुचन्द्र घिमिरको नेतृतवमा ४ सदस्यीय टोली कपिलवस्तु पुगेको छ । टोलीले अभिराव, छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टाइन पुगेर आवश्यक कार्य अघि बढाएको प्रजिअ दीर्घनारयण पौडेलले बताए ।
 

प्रकाशित: २७ वैशाख २०७७ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App