२२ असार २०८१ शनिबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५९ हजार ५०० नाघ्यो

नयाँ दिल्ली -  भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या शनिबारसम्म ५९ हजार ६६२ जना पुगेको छ ।  गत २४ घण्टामा भारतमा थप ३ हजार ३२० जना कोरोना भाइरस संक्रमित भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा भारतमा कोरोना भाइरसको संक्रमणबाट ९५ जनाको मृत्यु भएको र यससँगै भारतमा यस प्रकोपबाट मृत्यु हुनेहरुको सख्या १ हजार ९८१ जना पुगेको छ ।  

यस संक्रमणबाट निको भएका विरामीको संख्या १७ हजार ८४७ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शनिबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल कोरोना भाइरसका ३९ हजार ८३४ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन् । 

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १९ हजार ६३ नागरिक  कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ७ हजार ४०२ जनामा कोरोना भाइरसको संक्रमण रहेको छ ।  दिल्लीमा कोरोना भाइरसको संक्रमणबाट ६ हजार ३१८ जना विरामी छन्।

कोराना भाइरसको ९कोभिड–१९० को संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको छ । भारतले शुक्रबार मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि  तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो  । 

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो  ।रासस

प्रकाशित: २७ वैशाख २०७७ ०६:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App