२२ असार २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

क्वारेन्टाईनमै स्वास्थ्यका लागि योगा

जुम्ला – कोरोना भाइरसको संक्रमण फैलन नदिनको लागि यहाँका सबै स्थानीय तहमा क्वारेन्टाईन स्थापना गरिएको छ। तर सबै क्वारेन्टाईन मापदण्ड अनुसारका छैनन्। कतै व्यवस्थापन अभाव छ, त कतै क्वारेन्टाईनमा बस्न मानिरहेका छैनन्। पहुँचवाला होम क्वारेन्टाईनमा छन्। पहुँचविहिन क्वारेन्टाइनमा धुलो, धुवा र चिसोमा दिन गुजारीरहेका छन्। 
जिल्ला भर क्वारेन्टाइनमा भद्रगोल देखिएपनि जुम्लाको कनकासुन्दरी गाउँपालिकाको मालिकाबोता स्थित क्वारेन्टाईनमा भने हरेक विहान योगा गरिरहेका छन्। त्यहाँ बसेका १९ जना युवा योगा गर्छन्। शारीरिक तथा मानसिक रुपमा तन्दुरुस्तीका लागि योगा निकै उत्तम विकल्प भएको बताउँछन्। 

मालिकाबोता स्वास्थ्यचौकीका  इन्चार्ज नन्दलाल रावत आफै क्वारेन्टाईनमा बसेका युवालाइ एकाविहानै चौरमा ल्याएर योगा गराउँछन्। रोग लाग्न नदिने र आफूलाई मानसिक तथा शारीरिक रुपमा तन्दुरुस्त राख्ने उत्तम उपाय भनेको योगा हो, स्वास्थ्यचौकी इन्चार्ज नन्दलाल भन्छन्,‘ यहाँ बसेका युवालाई योगा सिकाउन पाउँदा निकै उत्साहित छु। योगा उनीहरुले घरमा फर्के पनि नियमित गर्ने बचन दिएका छन्।’

अज्ञानताबाट ज्ञानतर्फ, अचेतनाबाट चेतनातर्फ, दुर्वलताबाट सबलतातर्फ र सीमितताबाट असीमिततातर्फ आध्यत्मिक यात्रा नै योग हो। नियमित रूपमा योग साधना गर्नाले सबै नसर्ने रोगलाई नियन्त्रण र व्यवस्थापन गर्न सकिने नन्दलाल बताउँछन्। 
कोरोना भाइरसको संक्रमण हुन नदिनको लागि काठमाडौं, नेपालगञ्ज सुर्खेत र कैलालीबाट आएका लाइ यहाँको स्थानीय सरकारले प्रत्येक वडामा क्वारेन्टाईन बनाएर राखेको छ। कनकासुन्दरी गाउपालिकामा तीन सयजना क्वारेन्टाइनमा बस्ने गरेका छन्। तर  मालिकाबोतामा भने क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्यको लागि योगा गरिरहेका छन्। 

क्वारेन्टाईनमा रहेकी निर्मला रावतले भनिन्, ‘योगा सुनेका थियौं, गरेका थिएनौ, योगा गर्दा हामीलाई धेरै फाईदा भएको छ। अब क्वारेन्टाइनबाट बाहिर निस्केपछि पनि योगा गरिरहन्छौँ।’ योगाले युवामा सकरात्मक सन्देश फैलाउने उनी बताउँछिन् ।
कनकासुन्दरी गाउपालिका वडा नम्वर २ ले यो रचनात्मक कार्य गरेर क्वारेन्टाइन बसेकाहरुको मनोबल जितेको प्रति खुसि छन्। यो काम मानवीय शारीरिक सम्बन्धमा टेवा पुर्याउने भएको कारण एकदमै उदाहरणीय भएको कनकासुन्दरी गाउपालिका अध्यक्ष नरबिर रावतले जानकारी दिए। उनले भने,‘ योगाले युवामा सकरात्मक प्रभाव पारिरहेको छ। यो राम्रो पक्ष हो।’ जिल्लाका सबै स्थानीय तहमा स्थापना गरिएका क्वारेन्टाइनमा योगा अभ्यास गराउनु पर्नेमा जोड दिए। 

 

प्रकाशित: २६ वैशाख २०७७ १३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App