२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

घरघरमै भूमिपूजा गरी उभौली मनाउँदै किराती समुदाय

उदयपुर, - प्रकृति पुजक किराती समुदायले यो वर्ष (यलिहाङ संवत् ५०८०)को साकेला उभौली घरघरमा भूमिपूजा गरेर मनाउँदैछ । हरेक वर्ष वैशाख पूर्णिमादेखि २ महिनासम्म सार्वजनिक ठाउँमा भेलाभएर सामूहिकभूमिपूजागर्दै गोलाकार घेरामा ढोल, फूयाम्टा बजाउँदै सिलीनाचसहित सद्भाव आदान–प्रदानगर्दै मनाइने उभौली यसवर्ष कोरोना भाइरस (कोभिड–१९) का कारण घरघरमा पूजा गरी एक्ला एक्लै मनाइएको हो ।

किरात राई यायोक्खाले संक्रमणबाट बच्नयो वर्ष घरघरमै सीमितभएर उभौली मनाउन सबैलाई आग्रह गरेको छ । देशभर कोरोना कहर चलिरहेको र उदयपुरमा सबभन्दा बढी संक्रमित भेटिएकाले घरघरमै उभौली मनाइएको यायोक्खा उदयपुरका अध्यक्ष बलधन राईले बताए । नजिकमा पूजास्थल भएकाहरु सीमित घरधूरीले भौतिक दूरी कायमगर्दै भूमिपूजा गरेका छन्भने अधिकांशले घरनजिक एक्ला एक्लै पितृस्थल प्रतिस्थापन गरी भूमिपूजा गरेको उनले बताए ।

किराती समुदायमा वैशाखमा बर्खे बाली लाउनुअघि बालीनाली राम्रो होस्, उत्पादन बढोस्भन्ने कामनाका साथपितृपुर्खा र प्रकृतिसँगप्रार्थना गर्दै उभौलीमनाउने प्रचलन छ । त्यस्तै,बालीपाकेपछि थन्क्याउनुअघि मंसिरमा पुनःपितृपुर्खा र प्रकृतिलाई चढाउन त्यस्तै पूजागर्दैउधौलीमनाउने परम्परा छ । तुलनात्मक रुपमाउधौलीभन्दाउभौलीभव्य र व्यवस्थितरुपमा मनाइन्छ । गर्मीको मौसम सुरु हुने हुँदाशीतलको खोजीगर्दैचराचुरुंगी(कराङकुरुङ) उच्चभूभागतर्फ जाने संकेतले वैशाखको साकेलालाई उभौली र जाडो सुरु हुने मौसममान्यानोखोज्दै तराई र बेंसी झर्ने हुँदामंसिरको साकेलालाई उधौलीभनिएको हो ।

उभौलीयो समुदायको वर्षकै ठूलो चाड हो । दुवै साकेलामाविजुवाले मुन्दुमफलाक्दै कोदाको जाँड, रक्सी चढाउँदै रातो भाले र अण्डाको बलीदिएर भूमिपूजा गर्ने परम्परा रहेको किरातीअगुवाजीतमान राई बताउँछन् । कोरोनाले सामूहिकभूमिपूजा रोकिएपछि यो वर्ष गाउँगाउँमा ढोलभ्mयाम्टाको आवाजसँगै सामूहिकसिलीनाचको रौनककतै सुन्न÷देख्न नपाइएको बृद्ध राईले बताए‘कोरोनाले सबै सुनसान छ,’ उनले भने,‘यो वर्ष उभौली नै आएनजस्तो लाग्यो ।’

सामूहिक भेला नगरिने भएपछि उदयपुरमा बर्सेनि आयोजना गरिँदै आएको नगद पुरस्कार र ट्रफिसहितको ‘गीता राई स्मृति साकेलासिलीप्रतियोगिता’, ‘लालसेर राई स्मृति कोष’ र ‘प्रेमिला स्मयति पुरस्कार’ प्रतियोगिताहरु सबै स्थगितहुनपुगेको यायोक्खाकात्रियुगाप्राकअध्यक्षप्रकाश राईले बताए । 

यायोख्खाका केन्द्रीयउपाध्यक्ष गेन राईले कोरोनाका कारण यो वर्ष काठमाडौं उपत्यका लगायतकतै पनि औपचारिक कार्यक्रम नगरिएको बताए । उनकाअनुसार किराती बाहुल्यक्षेत्र पूर्वीभेगका उदयपुर, खोटाङ, सिन्धुली, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, धनकुटा, पाँचथर, तेरथुम, संखुवासभा, इलाम, सुनसरी, मोरङ र झापा तथा काठमाडौं उपत्यकामा पनि यो वर्ष कोरोनाका कारण उभौलीकतै सामूहिक कार्यक्रम गरिएन । 

प्रकाशित: २७ वैशाख २०७७ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App