२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

आज लकडाउनको ४७ औं दिन

काठमाडौं- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको आज ४७ दिन पुगेको छ । गत चैत ११ गतेबाट जारी लकडाउन जेठ ५ गतेसम्म तोकिएको छ । यद्यपी लकडाउनका विषयमा त्यसपछि के गर्ने भन्ने विषयमा सरकारले निर्णय गरेको छैन । लकडाउन जारी रहेपनि निर्माण क्षेत्र र विभिन्न उत्पादनका क्षेत्रहरु भने सुचारु हुन थालेका छन् ।

सरकारले विकास निर्माणका काम, उत्पादनका क्षेत्र र अत्यावश्यक वस्तु ढुवानीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेसँगै विभिन्न उद्योग, खाद्यान्नका पसलहरु सञ्चालनमा आएका छन् । बैंकिङ तथा वित्तिय क्षेत्रहरु पनि सञ्चालनमा आउन थालेका छन् ।

नेपालमा अहिले कोरोना संक्रमितको संख्या १ सय ९ पुगेको छ । ३० जना उपचारपछि निको भएर घर फर्किएका छन् । १ सय ३५ जना संकास्पद व्यक्ति विभिन्न अस्पतालका आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित: २७ वैशाख २०७७ ०७:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App