२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

थप  ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०९ पुग्यो

काठमाडौं - नेपालमा थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार शनिबार थप सात जनामा संक्रमण देखिएको हो। काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको हो।

नयाँ संक्रमण देखिएका तीन जना उदयपुरको  भुल्के, ३ जना कपिलबस्तु र एक  जना पर्साका रहेका छन्। उनीहरु १७ देखि ६२  वर्ष उमेर समूहका रहेका मन्त्रालयले जनाएको छ। उनीहरु सबैको अवस्था सामान्य रहेको पनि मन्त्रालयले जनाएको छ। यो  सँगै नेपालमा कोरोना संक्रमितको संख्या १०९ पुगेको छ।

प्रकाशित: २७ वैशाख २०७७ ०२:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App