२२ असार २०८१ शनिबार
image/svg+xml

भारतबाट ६ हजार भित्रिए, १ हजारको मात्रै कोरोना परीक्षण

बैतडीमा भारतबाट ६ हजार ९१ जना भित्रिए पनि अहिलेसम्म एक हजार एक सय २० जनको मात्र कोरोना परीक्षण गरिएको छ । गएको चैत महिनादेखि हालसम्म विभिन्न नाकाबाट जिल्ला भित्रिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए । चैत १ गतेदेखि वैशाख तेश्रो सातासम्म जिल्लामा भारतबाट मात्रै ६ हजार बढी नागरिक भित्रिएको उनले बताए ।

रित्तिदै डोल्पाका क्वाारेन्टाईन , क्वाारेन्टाईनमा बसेर यातायात खर्च बुझेर घर फर्के नागरिक

त्रिपुरासुन्दरी नगरपालिकाको वडा नं. ७ कस्तुरी नि मावि क्वाारेन्टाईनमा रहेका ३६ जनाको आरडिटि परीक्षण गर्दा एक जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। एकै क्वारेन्टाईनमा बसेका मध्ये एक जनामारिपोर्ट पोजेटिभ देखा परेपछि पहाडा गाउँका स्थनीयमा त्रास बढेको छ। पोजेटिभ देखा परेका युवक नेपालगञ्जबाट आएर क्वारेन्टाइनमा बसेको पहाडा स्वास्थ्य इन्चार्ज जगबर बुढाले बताए। पहाडाका एक युवकमा पोजेटिभ देखा परेसंगै सिंगो डोल्पा त्रासदी बढेको छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले एक जनामा आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको खबर प्राप्त भएको र पुनपरिक्षणको लागि जिल्लाबाट चिकित्सक सहितको टोली पठाइएको बताए।

भुल्केको दोहोरो रिपोर्ट आएपछि अन्यत्र परीक्षण गरिने

त्रियुगा नगरपालिका ३ भुल्केमा वैशाख ५ देखि ९ गतेसम्म २८ संक्रमित पुष्टि भएपछि कोरोना भाइरस (कोभिड–१९) को केन्द्रविन्दु मानिन पुगेको उदयपुरमा यो सातादिनयता क्वारेन्टाइन रित्तिदै गएका छन् । शुक्रबारसम्म त्रियुगा नगरपालिकामा १ महिलासहित ९, ताप्ली र रौतामाई गाउँपालिकामा क्रमशः ६ महिलासहित २४ र १ महिलासहित ३३ जनाबाहेक अन्य तहका क्वारेन्टाइन खाली छन् ।

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

सुदुरपश्चिममा किट अभावले परीक्षण रोकियो, संकलन भएका नमुना तीन दिनदेखि थन्किए

सुदूरपश्चिममा आरएनए एक्पेक्सन किट अभावका कारण थ्रोट स्वावको जाँच रोकिएको छ। परीक्षण बन्द भएपछि शंस्कास्पद ५५ जनाको संकलन गरिएको थ्रोट स्वाव थन्किएका छन।

कपिलवस्तुका कोरोना संक्रमित युवासँगै आएका दुई जना भेटिएनन्

कपिलवस्तुको मायादेबी गाउँपालिका– २ अभिरावमा भेटिएका कोरोना संक्रमित दुई दाजुभाइ हुन। उनीहरु एउटै पविारका दाजु भाईका छोराहरु रहेको प्रहरी उपरीक्षक दीप समशेर जबराले बताए। उनीहरु १६ र २२ वर्षका युवा हुन।

विराटनगरबाट कोरोना मुक्त भएर थप ८ जना डिस्चार्ज

बिराटनगरबाट थप ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन्। कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट उनीहरुलाई आज विहान डिस्चार्ज गरिएको हो। ८ जना मध्ये ७ जना उदयपुरका र १ जना भारतीय हुने। कोरोना मुक्त ७ पुरुषलाई विराटनगरकै रानी मर्कट मदरसामा राख्ने तयारी गरिएको छ भने एक महिलालाई उदयपुरनै पठाउने तयारी गरिएको छ।

कोरोनाले न्यायक्षेत्र गम्भीर प्रभावित

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोना भाइरसका कारण न्यायक्षेत्र गम्भीर रूपले प्रभावित भएको बताएका छन् ।

जनतालाई आश्वस्त बनाऊ : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालगन्जसहित देशैभर कोरोना परीक्षण युद्धस्तरमा अघि बढाउन सरकारसँग माग गरेको छ।

लकडाउन पछिको अर्थतन्त्र उकास्ने उपाय

कोरोना संक्रमणका कारण गरिएको लकडाउनले विश्वकै अर्थ–व्यवस्था खलबलिएको छ। विश्वको पर्यटन व्यवसाय, होटल तथा रेस्टुरेन्ट, यातायातजस्ता उद्योगमा त नकारात्मक चक्र सुरु भइसकेको छ।

थप दुई जनामा कोरोना पुष्टि, संक्रमितको संख्या सय कट्यो

नेपालमा थप दुई जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार थप दुई जनामा संक्रमण पुष्टि भएको हो।

स्वीस सहयोग : ३० हजार पीसीआर किट

स्वीटरल्याण्ड सरकारले सहयोग गरेको ३० हजार थान पीसीआर टेष्ट किट आज नेपाल आइपुगेको छ। पीसीआर टेष्टकिट सहित स्वीस सरकार विकास सहयोग एसडिसिले गरेको अन्य स्वास्थ्य सामग्री नेपाल वायु सेवा निगमको वाइडबडी विमान मार्फत आज आइपुगेको हो।

कोरोना रोकथाममा उदासिन, विकासे योजना अनुगमन नगरको प्राथमिकतामा

पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या दिनानु दिन बढिरहेको छ। औषधि उपचारदेखि जीवनयापनको लागि चाहिने अत्यावश्कीय बस्तुहरुको आपूर्ति थलोको रुपमा मात्र नभई रहनसहन र बसाइसराईको हिसावले पनि बाँकेको नेपालगन्जसंग डोल्पा र डोल्पालीको सम्बन्धको इतिहास लामो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्