१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पीसीआर विधिबाट १४ हजार ५ सय ९ जनामा कोरोना परीक्षण

पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो।

संसद भवनमा सांसदको स्वाब संकलन (फोटो फिचर)

शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण गरिएको छ।

श्रमिकलाई कामबाट निकाल्न पाइदैन : मन्त्री भट्टराई

संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले कुनैपनि पर्यटन व्यवसायीले श्रमिकहरुलाई कामबाट निकाल्न नपाउने बताएका छन्।

अनलाइन पुम्से च्याम्पियनसिपमा नेपालका तीन खेलाडी सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता कमल श्रेष्ठसहित नेपालका तीन खेलाडी अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

अर्थतन्त्रमा पुर्नउत्थानको खाँचो

चीनबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विश्वभर फैलिएर मानव सभ्यता र मानव जीवनलाई संकटमा पारेको छ। कोरोनाबाट विश्वभर मृत्यु हुने क्रम बढिरहेको छ। यो महामारीले औषधि विज्ञान र अन्वेषणकर्तालाई नै चुनौति दिएको छ। विज्ञानले हरेक असम्भवलाई सम्भव बनाएको थियो। तर, अहिले कोरोनाको औषधि पत्ता लगाउन मुस्किल भइरहेको छ।

जुत्ता आयात रोके रोजगारी नै रोजगारी

कोरोना भाइरस महामारीका कारण आज विश्वमा करोडौं मानिसले रोजगारी गुमाएका छन्। विश्वका शक्तिशाली मुलुकमा पनि बेरोजगार बढ्ने आकलन गरिएको छ।

सांसदहरुको कोरोना परीक्षण

शुक्रबारदेखि सुरु हुने संघीय संसदको बजेट अधिवेशन अघि प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना भाइरस परीक्षण सुरु गरिएको छ।

अनलाइन शिक्षा कति प्रभावकारी ?

कोरोना महामारीका कारण चैत्र ६ गतेदेखिनै देशभरिका सम्पूर्ण शैक्षिक संस्थाहरु ठप्प छन्। ७० लाख बालबालिकाहरु घरमै बसेका छन्।

साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्वलन गर्न आग्रह गरेका छन्। वुद्ध जयन्तिको अवसरमा सन्देश दिँदै उनले कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको बताएका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण भयावह हुने लक्षण देखिएको बताएका छन्।

नेपालगन्जबाट दाङ आएका युवामा कोरोना नेगेटिभ

२३ जना कोरोना संक्रमण भेटिएको बाँकेबाट दाङ आएका एक युवासहित उनका सात जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्जमा कोरोना संक्रमित फेला परेपछि नेपालगन्जबाट दाङ घोराहीस्थित घर आएका युवकसहित उनको परिवारका सात जनाको कोरोना परीक्षण गरिएको थियो ।

कोरोना राहत कोषमा २ करोड ८९ लाख ६६ हजार रुपैयाँ जम्मा

कोरोना संक्रमाणबाट बच्न जिल्लाका स्थानीय तहहरुले राहत संकलनलाई प्राथमिकताका साथ अगाडी बढाएका छन् । कोरोना भाइरसको संक्रमणबाट विश्व आक्रान्त बनिरहेका बेला त्यसबाट बच्न स्थानिय तहहरु राहत संकलनमा जुटेका हुन् ।

दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण मृत्यु

यूएईको दुबईमा अर्घाखाँचीका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर–८ नुवाकोट च्युरामाटीका युवराज गैरेको कोरोना संक्रमणका कारण दुबईमा मृत्यु भएको हो । बिगत १५ वर्षदेखि दुबईमा रोजगारी गर्दै आएका ४७ वर्षीय गैरेको बैशाख २१ गते कोरोना संक्रमणका कारण ज्यान गएको परिवारले जानकारी दिएको छ ।

आइसोलेसनमा अपनाउनुपर्ने नाै नियम

कोरोना भाइरस (कोभिड–१९) महामारीबाट बच्न विश्वभरिकै मानिसलाई सामाजिक दूरी (सोसियल डिस्ट्यान्सिङ) र घरमा अलग्गै (सेल्फ आइसोलेसन) मा बस्न भनिएको छ। यो धेरैका लागि चुनौतीपूर्ण छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्