१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

पीसीआर विधिबाट १४ हजार ५ सय ९ जनामा कोरोना परीक्षण

काठमाडौं - पछिल्लो २४ घण्टामा साढे १४ सय कोरोना भाइरसको नमुना परीक्षण हुँदा नयाँ संक्रमण देखिएको छैन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  गत २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएपनि नयाँ संक्रमण नदेखिएको हो। अहिले नेपालमा संक्रमितको संख्या ९९ जना रहेको छ। जसमा ७१ पुरुष र २८ महिला रहेका छन्। यसअघि बुधबार पर्साको वीरगञ्जमा २ महिने बालक सहित १७ जनामा संक्रमण देखिएको थियो। अहिले प्रदेश नम्बर १ मा ३१, प्रदेश नम्बर २ मा ३० बागमती ७ गण्डकी प्रदेशमा २ प्रदेश नम्बर ५ मा २४ सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो।

अहिलेसम्म पीसीआर विधिबाट १४ हजार ५ सय ९ वाटा परीक्षण भएका छन्। यस्तै ५४ हजार ९३ जनाको आरडिटी परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५१ वटा परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो।

प्रदेश नम्बर १ मा ६ हजार ५ सय ५९, प्रदेश नम्बर २ मा ५ हजार ३ सय ४८ र बागमती प्रदेशमा ९ हजार ४४ जनाको आरडिटी परीक्षण भएको छ। यस्तै गण्डकी प्रदेशमा मा ६ हजार ३ सय ४९, प्रदेश नम्बर ५ मा ५ हजार ७ सय १३, कर्णाली प्रदेशमा ६ हजार ६ सय ८ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ४ सय ७२ को आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो। अहिले देशभरी १७ हजार ३ सय ७२ जना क्वारेन्टाइनमा रहेका छन्। उपत्यकामा ३ र बाहिर १ सय ३० गरी १ सय ३३ जना सम्भावित संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन्। 

प्रकाशित: २५ वैशाख २०७७ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App