१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जबाट दाङ आएका युवामा कोरोना नेगेटिभ

दाङ- २३ जना कोरोना संक्रमण भेटिएको बाँकेबाट दाङ आएका एक युवासहित उनका सात जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । नेपालगन्जमा कोरोना संक्रमित फेला परेपछि नेपालगन्जबाट दाङ घोराहीस्थित घर आएका युवकसहित उनको परिवारका सात जनाको कोरोना परीक्षण गरिएको थियो ।

राप्ती स्वास्ग्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा नेपालगन्जबाट आएका ति युवासहित उनको परिवारका सबैको रिपोर्ट नेगेटिभ आएको प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाश देवले जानकारी दिए । ‘नेपालगन्जबाट आएका भनिएका युवासहित उनको परिवारका सातैजनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ,’ देवले भने ।

उनका अनुसार नेपालगन्जबाट आएका युवाको परिवारका सात जनासहित प्रतिष्ठानमा परीक्षण गरिएका अन्य २३ जनाको रिपोर्ट पनि नेगेटिभ आएको छ । यो सहित प्रतिष्ठानमा कोरोना परीक्षण गरिएका सबै ५९ जनाकै रिपोर्टन नेगेटिभ आएको छ ।

प्रकाशित: २४ वैशाख २०७७ १६:२० बुधबार

कोरोना परीक्षण नेपालगन्ज