बुबाकै पदछाप पछ्याइरहेकी मिष्टी
भक्तपुरकी मिष्टी श्रेष्ठले माउन्ट एभरेस्ट अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपाललाई दोहोरो स्वर्ण पदक दिलाइन्। भर्खरै खेल क्षेत्रमा पाइला चालेकी मिष्टीका लागि यो पदक विशेष मात्रै बनेको छैन उनमा थप ऊर्जा भर्ने काम पनि गरेको छ।

