१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

साँझ ७ बजे दीप प्रज्ज्वलन गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दीप प्रज्ज्वलन गर्न आग्रह गरेका छन्। वुद्ध जयन्तिको अवसरमा सन्देश दिँदै उनले कोरोना भाइरसको महामारीले धुमधामले वुद्ध जयन्ती मनाउन सकिने अवस्था नभएको बताएका छन्। उनले विश्व शान्तिको चाहना तड्पिरहेको  र वुद्धका सन्देशहरु अझ बढी सान्दर्भिक भएर आइरहेको बताएका छन्।

'यस घडिमा गौतमवुद्धका सन्देश सम्प्रेषण गरौं भन्ने आग्रहका साथ, दिवंगतहरु प्रति श्रद्धासुमन अर्पण गर्न, घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्न, उपचारमा संलग्न स्वास्थ्यकर्मी, स्वयमसेवीहरु र यस कार्यमा सहयोगी हात बढाउने सबै प्रति एक्येवद्धता जनाउन आफ्ना घर र संस्थामा आज ७ बजे दिप प्रज्ज्वलन गर्न र शान्तिको कामना गर्न आग्रह गर्दछु', प्रधानमन्त्री ओलीले भनेका छन्।

प्रकाशित: २५ वैशाख २०७७ ०३:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App