१९ आश्विन २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नेपालगन्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगन्ज- बाँकेमा शुक्रबार थप एक जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टी भएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परीक्षण गर्दा १६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले १६ वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको पुष्टी गरेका हुन् । योसँगै नेपालमा कोराना संक्रमित हुनेको संख्या १ सय २ पुगेको छ ।

यसमध्ये ७४ जना पुरुष र २८ जना महिला रहेका छन् । नेपालगन्जमा अघिल्लो शुक्रबार पहिलो पटक वडा नम्बर ७ निवासी ६० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । त्यसपछि उनको कन्ट्रयाक्ट टे«सिङका आधारमा वडा नम्बर ८ मा स्वाब परीक्षण गर्दा २२ जना ब्यक्तिमा संक्रमण पुष्टी भएको थियो । यो सँगै नेपालगन्जमा संक्रमितको संख्या २४ पुगेको छ ।

प्रकाशित: २६ वैशाख २०७७ ११:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App