१९ आश्विन २०८१ शनिबार
image/svg+xml

नेपालको सेमिफाइनल प्रतिद्वन्द्वी थाइल्यान्ड

नेपालले आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्वालिफायरको सेमिफाइनलमा थाइल्यान्डको सामना गर्ने भएको छ।

सङ्क्रमणकालीन न्यायमा बेइमानी अस्वीकार्य

सम्मेलनमा पूरै समय बसेका प्रधानमन्त्रीको बेचैनी हेर्दा उनी द्वन्द्वपीडितलाई न्याय दिन प्रयत्नरत् रहेको भान दिलाउन खोजिरहेका देखिन्थे ।

धर्म र जातीयताको राजनीतीकरण

धर्मको दुरूपयोग नहोस् भनेरै ‘परोपकाराय पुण्याय्, पापाय परपिडनम्’ भन्ने सार खिचिएको हो र यो नै द्वन्द्व समाधानको मूल मन्त्र हो।

‘खिल’ बनेका छन् द्वन्द्वका घाउ

द्वन्द्वपीडितका समस्या समाधानका लागि सरकारले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग गठन गरे पनि त्यसले पीडितका पक्षमा काम गर्न सकेको छैन। पीडितका उजुरी मिल्काइएको छ।

अझै बेहाल द्वन्द्वपीडित

द्वन्द्वपीडित नयनबहादुर शाही भन्छन्, ‘शान्ति सम्झौता भएको १७ वर्ष पुगिसक्दा पनि पीडितको सूचीमा नाम नै छैन। नाम नै नभएपछि न राहत पाएको छु न सरकारबाट पाइने अन्य सुविधा।’

विपदबाट ५० जिल्ला प्रभावित, ४१ जनाको मृत्यु

गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि आजसम्म मनसुनजन्य विपद्बाट ५० जिल्ला प्रभावित भएका छन्।

उच्चस्तरीय छानबिन समितिको प्रतिबद्धता नआएपछि एमालेद्वारा संसद् अवरुद्ध

गृहमन्त्रीले श्रेष्ठले भनाइ राखेपछि प्रमुख प्रतिपक्षका सचेतक महेश बर्तौलाले गृहमन्त्रीले उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता नगरेको भन्दै विरोध गरेपछि एमाले सांसदहरू आआफ्नो स्थानमा उठेका थिए।

द्वन्द्वपीडित भन्छन्ः संक्रमणकालीन न्याय ऐन पीडितप्रति अनुदार

संक्रमणकालीन न्याय ऐन संशोधन गर्न माग गर्दै द्वन्द्वपीडित समुदायले ज्ञापनपत्र बुझाएका छन्। संक्रमणकालीन न्याय ऐन द्वन्द्वपीडित प्रति अनुदार भएको तथा गम्भीर मानवअधिकार उलंघनका घटनाका पीडकलाई क्षमादान दिनेसम्मको प्रावधानप्रति आपत्ति जनाउँदै द्वन्द्वपीडित समुदायले मुख्यमन्त्री र प्रमुख जिल्ला अधिकारी मार्फत कानुन, न्याय तथा मानव अधिकार संसदीय समितिलाई १४ बुँदे ज्ञापनपत्र पठाएका हुन्।

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

स्वार्थको द्वन्द्वमा सत्ता

स्वार्थको द्वन्द्व नेपालमा सबै भन्दा कम चर्चा भएको विषय हो। एकपछि अर्को घटनामा उच्चपदस्थ पदाधिकारी, राजनीतिक र अवाञ्छित क्रियाकलापमा संलग्न व्यक्तिबीच सम्बन्ध देखिएपछि आश्चर्य मान्ने गरिएको छ।

द्वन्द्व सम्झाउने त्रासद कथा

कथाले युद्धको परिवेश, त्यसले पारेको क्षतविक्षत समाजको यथार्थलाई देखाएका छन्। तराई–मधेसका निम्न वर्गका जनतामा विकृत प्रथाजन्य कुराहरूले निम्त्याएका दुर्दशा साथै तिनका जिन्दगीमा निम्तिएका दुःखान्तक परिस्थितिहरू कथामा आएका छन्।

नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

जलवायुमा अमेरिका-चीन सहकार्य

अमेरिकी जलवायु विशेषदूत जोन केरीले गत साता चीनको ४ दिने भ्रमण सम्पन्न गरेका छन्। सामरिक हिसाबले विश्वका शक्तिशाली र उत्सर्जनका हिसाबले सबैभन्दा बढी प्रदूषक यी दुवै देशका नेताबीचको संवाद आफैमा महत्वपूर्ण छ।

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो।

मानव-वन्यजन्तु द्वन्द्व: पाँच वर्षमा दुई सय जनाको मृत्यु, ६० करोड बढी राहत क्षतिपूर्ति

पछिल्लो समय वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धि कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्