१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्न माग गर्दै प्रदर्शन

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न संसदमा विचाराधीन विधेयकका त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन माग गर्दै धर्ना दिइएको छ।

आज काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडि आम द्वन्द्वपीडित र मानवअधिकार समुदायले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा व्यवस्था गरेको त्रुटिपूर्ण प्रावधान तत्काल सच्याउन सरकारसँग माग गरेका हुन् । 

उनीहरुले सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐनमा मानवता विरुद्धका गम्भीर अपराधलाई पनि क्षमा योग्य बनाएको भन्दै विरोधमा द्वन्द्व पीडितहरूले ऐन सच्याउन माग गरेका छन् । प्रदर्शनीकारीहरुले सत्य र बेपत्ता छानबिन आयोग पदाधिकारीहरू र सिफारिस आयोग जोखिमपूर्ण रहेको बताए । उनीहरुले द्वन्द्व पीडितको लागि सिफारिस पनि राजनीतिक भाग बन्डाका आधारमा गरेको विगतको अनुभव रहेको बताए। उनीहरुले विधेयकमा राखिएका सिफारिस समितिको प्रावधान र विशेष अदालत गठन संविधानमा भएका प्रावधानलाई नराखी सरकारले आफैँ गठन गर्ने गरी सरकारले विशेष अदालत गठन गर्ने प्रावधान सच्याउनुपर्ने बताए । प्रदर्शनकारीहरूले महान्याधिवक्ताको तजबिजमा मुद्धा चलाउने वा नचलाउने भन्ने अधिकार खारेज गर्नुपर्ने बताए।

द्वन्द्व पीडितहरूका सम्पूर्ण मागहरू सरकारले सम्बोधन गर्नुपर्ने उनीहरूको माग छ । उनीहरुले सरकारले संशोधन गर्न ल्याएको विधेयकलाई सच्याएर ऐन जारी गरी न्याय दिन माग गरे । द्वन्द्व पीडित नरेश्वर अधिकारीले द्वन्द्व पीडितलाई राज्यले नै अपहेलना गरेको बताए । उनले वर्तमान गठबन्धन सरकारले द्वन्द्व पीडितहरूको लागि केही पनि नगरेको बताए । उनले अहिलेको सरकार आफ्नो पद र कुर्सी जोगाउने र मन्त्री कसलाई बनाउने भन्ने काममा मात्रै व्यस्त रहेको धारणा व्यक्त गरे । त्यस्तै अर्का प्रदर्शनकारीले सरकारसँग द्वन्द्व पीडितहरूले न्याय माग गरेको बताए । द्वन्द्व कालमा कब्जा गरेको सम्पत्ति फिर्ता गरी अपराधीहरूलाई कारबाही गर्न उनीहरूको माग छ ।

प्रदर्शनकारीहरूले द्वन्द्व पीडितको सत्य,न्याय र परिपूर्ण अधिकार सुनिश्चित गर,दण्डहीनताको अन्त्य गर,बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ संशोधन विधेयकमा त्रुटिपूर्ण प्रावधान तत्काल सच्याऊ, विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा स्वतन्त्र,सक्षम,विश्वसनीय आयोग गठन गर लेखेका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्। 
 

प्रकाशित: १९ श्रावण २०८० ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App