७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

नेपालको पहिलो प्रतिद्वन्द्वी लाओस

विश्वकप २०२६ छनोट यात्रा

ट्रेनिङ गर्दै राष्ट्रिय फुटबल टोली। फाइल तस्बिर

नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।

क्यानडा, मेक्सिको र अमेरिका गरी तीन देशको संयुक्त आयोजनामा हुने विश्वकप २०२६ मा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दै छन्। सोही विश्वकपका लागि एसियाली क्षेत्रको छनोटको प्रारम्भिक प्रतिस्पर्धामा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो।

बिहीबार मलेसियाको क्वालालम्पुरस्थित एसियन फुटबल फेडेरेसनको मुख्यालयमा सम्पन्न ‘ड्र’ मार्पmत फिफाको १७५औं स्थानमा रहेको नेपालले १८५औं स्थानको लाओससँग प्रतिस्पर्धा गर्नेछ। होम एन्ड अवेका आधारमा हुने छनोटका खेल अक्टोबर १२ र १७ तारिखमा हुनेछन्।

नेपालले पहिलो चरण पार गरेमा दोस्रो चरणमा समूह ‘एच’ मा संयुक्त अरब इमिरेट्स (युएई) र बहराइनसँग प्रतिस्पर्धा गर्नेछ। प्रारम्भिक चरणकै अर्को प्रतिस्पर्धाबाट यमन र श्रीलंकाबीचको विजेताले पनि यसै समूहमा स्थान बनाउनेछ।

नेपालले थ्री नेसन्स कप २०२३ मा नै लाओसलाई २–१ ले हराउँदै उपाधि उचालेको थियो। सोही प्रतियोगिताको उद्घाटन खेलमा पनि नेपालले लाओसलाई २–० ले नै स्तब्ध बनाएको थियो। यस पटक पनि नेपाल लाओसलाई हराउँदै विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटको दोस्रो चरणमा स्थान बनाउन चाहन्छ। नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक भिनसेन्जो अलबर्टो एनिसले पनि छनोट खेलका लागि ३० सदस्यी प्रारम्भिक टोली घोषण गरिसकेका छन्।

क्यानडा, मेक्सिको र अमेरिका गरी तीन देशको संयुक्त आयोजनामा हुने विश्वकप २०२६ मा पहिलो पटक ४८ देशले प्रतिस्पर्धा गर्दै छन्। सोही विश्वकपका लागि एसियाली क्षेत्रको छनोटको प्रारम्भिक प्रतिस्पर्धामा नेपालले लाओसलाई प्रतिद्वन्द्वी पाएको हो।

विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा कुल २० टोलीलाई १० प्रतिस्पर्धामा छुट्याएको छ। यी मध्येबाट १० विजेता टोलीले विश्वकप छनोटअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन्।

प्रारम्भिक छनोटमा नै मंगोलियाले माल्दिभ्स तथा अफगानिस्तानले मंगोलियाविरुद्ध खेल्ने भएका छन् भने सिंगापुरले र ग्वामसँग, यमनले श्रीलंकासँग तथा म्यानमारले मकाउसँग प्रतिस्पर्धा गर्नेछन्। कम्बोडियाले पाकिस्तानको चुनौती सामना गर्दा चाइनिज ताइपेईले टिमोर लिस्टेविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।

बाँकी दुई प्रतिस्पर्धामा इन्डोनेसियाले ब्रुनाई तथा हङकङले दक्षिण एसियाली प्रतिद्वन्द्वी भुटानविरुद्ध चुनौती प्रस्तुत गर्ने भएका छन्। पहिलो चरण पार गरेका १० टोलीले ९ वटा समूहमा रहेका २६ राष्ट्रसँग दोस्रो चरणको छनोटमा प्रतिस्पर्धा गर्ने तय छ।

उक्त ९ वटा समूहको बिहीबार नै एएफसीले ‘ड्र’ सार्वजनिक गरिसकेको छ। कुल ३६ वटा राष्ट्रले दोस्रो चरणमा होम एन्ड अवेका आधारमा आगामी नोभेम्बरदेखि सन् २०२४ को जुनभित्र प्रतिस्पर्धा गर्नेछन्। यसअन्तर्गत दक्षिण एसियाली च्याम्पियन भारतले सीधै दोस्रो चरणमा गत विश्वकप खेलेको कतारको सामना गर्नेछ।

विश्वकप फुटबलअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा कुल २० टोलीलाई १० प्रतिस्पर्धामा छुट्याएको छ। यी मध्येबाट १० विजेता टोलीले विश्वकप छनोटअन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटको दोस्रो चरणमा स्थान बनाउनेछन्।

सबै ९ वटा समूहका विजेताले विश्वकप छनोटमा एसियाली क्षेत्रको तेस्रो चरण र सन् २०२७ मा हुने साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउनेछन्। तेस्रो चरणको छनोटमा कुल १८ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ। यो चरणमा शीर्ष दुई स्थानमा तीन समूहका राष्ट्रले सीधै विश्वकप २०२६ मा स्थान बनाउनेछन्। दुई राष्ट्रले भने छनोटको चौथो चरणअन्तर्गत अन्तरमहादेशीय प्लेअफ खेल्न पाउनेछन्।

दोस्रो चरणको विश्वकप छनोट

विश्वकप छनोटमा एसियाली क्षेत्रको दोस्रो चरणमा जापानले समूह ‘बी’ मा उत्तर कोरियाको सामना गर्दा चीनले समूह ‘सी’ मा योर्गन क्लिन्समेनको टोली दक्षिण कोरियाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। बिहीबार क्वालालम्पुरमा भएको ‘ड्र’ मा समूहचरण निर्धारण गरिएको हो।

दोस्रो चरणको प्रतिस्पर्धा आगामी नोभेम्बरदेखि सन् २०२४ को जुनसम्म होम एन्ड अवेका आधारमा सञ्चालन हुनेछन्। विश्व वरीयतामा २०औं स्थानमा रहेको जापान एसियाको सबैभन्दा उच्च वरीयताको टोली हो। कतारमा सम्पन्न गत विश्वकपमा जापानले स्पेन र जर्मनीलाई हराउँदै अन्तिम १६ को यात्रा तय गरेको थियो। त्यसैले बलियो टोली जापान ११५औं वरीयतामा रहेको उत्तर कोरियाका लागि ठूलो चुनौती बन्नेछ। यो समूहमा सिरिया पनि छ। म्यानमार र मकाउमध्ये एक टोलीले पहिलो चरण पार गरेर समूह ‘बी’ मा स्थान बनाउनेछ।

यता, चीन पनि विश्व फुटबलमा शक्तिशाली देश बन्न चाहन्छ। यद्यपि, अहिलेसम्म एक पटक मात्र विश्वकपमा स्थान बनाउन सकेको छ। चीनका लागि पनि एसियाको बलियो टोली दक्षिण कोरिया ठूलो चुनौती बन्न सक्छ। यसै समूहमा थाइल्यान्ड पनि छ। सिंगापुर र ग्वाममध्ये एक टोलीले यो समूहमा स्थान बनाउनेछ। एएफसीका महासचिव विन्सर जोनले छनोटका क्रममा अप्रत्याशित नतिजाहरू पनि आउन सक्ने बताएका थिए। भारत रहेको समूह ‘ए’ मा कतारसँगै कुवेत छ। यो समूहमा एक टोलीले पहिलो चरण पार गरेर स्थान बनाउनेछ। समूह ‘डी’ मा ओमान, किर्गिस्तान र मलेसिया छन्। ताइवान र टिमोर लिस्टेबीच विजेताले समूहमा स्थान बनाउनेछ।

विश्वकप छनोटमा एसियाली क्षेत्रको दोस्रो चरणमा जापानले समूह ‘बी’ मा उत्तर कोरियाको सामना गर्दा चीनले समूह ‘सी’ मा योर्गन क्लिन्समेनको टोली दक्षिण कोरियाविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ। बिहीबार क्वालालम्पुरमा भएको ‘ड्र’ मा समूहचरण निर्धारण गरिएको हो।

समूह ‘ई’ मा इरान, उज्बेकिस्तान, तुर्केमेनिस्तान छन्। हङकङ र भुटानबीचको विजेताले यस समूहमा स्थान बनाउनेछ। समूह ‘एफ’ मा इराक, भियतनाम र फिलिपिन्सले तेस्रो चरणका लागि प्रतिस्पर्धा गर्नेछन्। इन्डोनेसिया र ब्रुनाईले भने दोस्रो चरणमा यही टोलीसँगको भेटका लागि चुनौती प्रस्तुत गर्ने भएका छन्। समूह ‘जी’ मा साउदी अरेबिया, जोर्डन, ताजिकिस्तान छन् भने कम्बोडिया र पाकिस्तानबीचको विजेताले यी तीन टोलीसँगको भेट पक्का गर्नेछ। समूह ‘आई’ मा अस्ट्रेलिया, प्यालेस्टाइन र लेबनान छन्। दक्षिण एसियाली प्रतिद्वन्द्वीद्वय माल्दिभ्स र बंगलादेशबीचको विजेताले यो समूहमा स्थान बनाउनेछ। 

प्रकाशित: १२ श्रावण २०८० ०१:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App