५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त प्रहरी चौकीको नयाँ भवन बन्यो

सिन्धुलीगढी प्रहरी चौकीको भवन उद्घाटन गर्न पुगेका बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ प्रहरीबाट सलामी लिँदै।

२०५२ साल फागुन १ गते सशस्त्र द्वन्द्वको प्रभावले विस्थापित रहेको प्रहरी चौकी भवन नयाँ निर्माण गरि उद्घाटन गरिएको छ । शान्ति सम्झौता सँगै विस्थापित प्रहरी चौकी भाडाको घरमा बस्दै आएको थियो। 

द्वन्द्वको समयमा तहसनहस भएको सिन्धुलीगढी प्रहरी चौकीको भवन पुनर्निर्माण भएको हो। सिन्धुलीगढी परिसरबाट करिब पाँच किलोमिटर दुरीमा रहेको खनिया खर्क बजार नजिकै प्रहरी चौकी भवन निर्माण गरिएको हो । बागमती प्रदेश सरकारको २ करोड ४९ लाख १३ हजार तीन सय ३४ रुपैयाँको लागतमा सो भवन बनेको हो । नवनिर्मित भवनको आज एक औपचारिक कार्यक्रमका बिच बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन । तत्कालीन समयमा माओवादीको सशस्त्र द्वन्द्वले प्रभावित बनेको प्रहरी चौकी भवन उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तत्कालीन समयमा द्वन्द्व आवश्यकता रहेको र जनआन्दोलनले देशमा ठुलो परिवर्तन ल्याएको बताए। 

बागमती प्रदेश सरकारले यो सहित ४७ वटा प्रहरी भवन निर्माण गरि हस्तान्तरण गरिसकिएको मन्त्री श्रेष्ठले जानकारी दिए । साथै २१ वटा प्रहरी भवन निर्माणाधीन रहेको र ५ वटा प्रहरी भवन चालु बर्षबाट निर्माण प्रक्रिया अगाडी बढाइने उनको भनाई छ । बागमती प्रदेश सरकारले प्रहरीलाई प्रविधिमैत्री बनाउने अभियान सुरु गरेको समेत प्रदेश सरकारले जनाएको छ । प्रहरी भवनहरु अझै धेरै जीर्ण अवस्थामा रहेका छन्, मन्त्री श्रेष्ठले भने आर्थिक सङ्कटले गर्दा जीर्ण प्रहरी भवन निर्माण गर्न सकिएको छैन। 

प्रकाशित: ४ श्रावण २०८० १४:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App