१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

जिसस प्रमुख र उपप्रमुखमा चर्चामा रहेका वडा सदस्यमै पराजित

सत्ता गठबन्धनले भागबण्डा गर्दा जिल्ला समन्वय समितिको प्रमुख नेकपा माओवादी केन्द्र र उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई भागमा परेपछि सोही पदको आकांक्षासहित चुनावी मैदानमा उत्रिएका ताप्लेजुङका दुई उम्मेदवार पराजित भएका छन्।

दाङमा १३ वडाको नतिजा: कसको कति वडामा जीत?

दाङमा १३ वटा वडाको मतगणना सकिएको छ। कुल १०० वडा मध्य १३ वटा वडाको नतिजा आउँदा माओबादीको अग्रता छ।

दाङमा माओवादीको विजयी सुरुवात

राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादिका रिम बहादुर सुनारी मगर वडा अध्यक्षमा विजयी भए। उनले ३ सय ५८ मत प्राप्त गर्दै जीत हात पारे।

सिन्धुलीको मतपरिणामः माओवादी केन्द्रको अग्रता

सिन्धुलीको मरिण गाउँपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्दका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन्।

बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र एकनाथ ढकालले गरे मतदान

जनता समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन्। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ जौवारी स्थित परोपकार आदर्श माध्यामिक विद्यालयबाट मतदान गरेका हुन्।

चितवन पुगेर अध्यक्ष दाहालले गरे मतदान

उनले भरतपुर १४ शान्तिपुर स्थित प्रहरी स्कुलको 'कुमतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन्।

गोरखामा कांग्रेस र माओवादी कार्यकर्ताबीच कुटाकुटः २ जना घाइते

गोरखाको अजिरकोट गाउँपालिकामा कांग्रेस र माओवादी कार्यकर्ता बिच कुटाकुट भएको छ। वडा नम्बर १ घ्याच्चोकमा बुधवार राति १० बजे भएको झडपमा माओवादीका बेलबहादुर गुरुङ र बिष्णु भुजेल घाइते भएको प्रहरीले जनाएको छ।

रुकुममा मतदातालाई पैसा बाड्दै गरेका माओवादी कार्यकर्ता पक्राउ

मौन अवधिमा मतदातालाई पैसा बाँडेको भन्दै उनीहरू बिच झडप भएको हो। चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।

मत्सरीबासीलाई दाहालद्वारा लालपुर्जाको प्रलोभन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रौतहटको मत्सरी बासीलाई लालपुर्जाको प्रलोभन दिएका छन्।

सिंहदरबार टाढा भएकाले घरछेउको सरकार प्रति जनचासो बढि छः बर्षमान पुन

माओवादी नेता तथा पूर्वमन्त्री बर्षमान पुनले सिहंदरबार जनताबाट टाढा भएकाले नजिकको सम्बन्धका लागि स्थानीय सरकार बनेको बताएका छन्।

माओवादी केन्द्रका कार्यकर्ताले खुकुरी प्रहार गर्दा तरुणदलका वडाध्यक्ष घाइते

घाइते हुनेमा कांग्रेस तरुणदलका वडाध्यक्ष मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन्। माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिए।

स्थानीय निर्वाचन २०७९ः कांग्रेससँग गठबन्धनकै दुई दल असन्तुष्ट

माओवादीको आन्तरिक बैठक र छलफलहरूमा कांग्रेसले साह्रै हेपेको तर सम्झौता गरेर बस्नुपर्ने बाध्यता रहेको गुनासो गर्दै आएका दाहालले कांग्रेस भरतपुरमा एक्लै हिँड्न खोजेको र त्यो सकारात्मक बाटो नभएको बताएका थिए।

पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा जान्थ्योः दाहाल

नेकपा (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी) ले डोटीको जोरायल गाउँपालिकामा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पाँच दलीय गठबन्धन नगरेको भए देश ठूलो सङ्कटमा पर्ने निश्चित रहेको बताए।

संविधान र सङ्घीय गणतन्त्र रक्षाका लागि निर्वाचनः दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई अग्रगमन र पश्चगमनबीचको सङ्घर्षको संज्ञा दिएका छन्।

अधिकृतकाे जागिर छाडेर वडाध्यक्ष उम्मेदवार

अधिकृत तहका सरकारी जागिरे तीर्थराज आचार्य जागिरबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बनेका छन्। उनले सूर्याेदय नगरपालिका वडा १३ को वडाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्