१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मत्सरीबासीलाई दाहालद्वारा लालपुर्जाको प्रलोभन

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले रौतहटको मत्सरी बासीलाई लालपुर्जाको प्रलोभन दिएका छन्।

स्थानीय तहको चुनाव प्रचार प्रसार गर्न पाउने अन्तिमदिन रौतहट आइपुगेका दाहालले दुर्गा भगवती गाउँपालिका ३ मत्सरी बासीमा वर्षौदेखि लालपुर्जा बिना बसि रहेकालाई माओवादी केन्द्रले लालपुर्जा दिने बताएका छन्।

माओवादी केन्द्रलाई जिताउँदै दाहाल आफैँ आएर मत्सरी बासीलाई लालपुर्जा उपलब्ध गराउने घोषणा गर्दै गर्दा धेरै पटक लालपुर्जाको चर्चा गरेका छन्। 'निर्वाचन सकिएपछि मत्सरी बासीलाई लालपुर्जा वितरण गराउँछु' दाहालले भने, 'वैशाख ३० गते भइरहेको निर्वाचन संघीयता विरोधीको लागि जनमत संग्रहजस्तो भएको हुँदा प्रतिगमनकारीलाई परास्त गरी माओवादी केन्द्रलाई जिताउन आग्रह गर्छु।'

तराई मधेसमा देखिएको नागरिकताको समस्या समाधानगर्ने वचनबद्धता व्यक्त गरेका दाहालले मधेसलाई आत्मनिर्भर बनाउने पक्षमा माओवादी केन्द्रले सक्रियता साथ अगाडि बढ्ने पनि बताएका छन्। माओवादी नेता दाहालले रौतहटको वृन्दावनमा पनि मंगलबार नै चुनावी सभालाई सम्बोधन गरेका छन्।

वृन्दावनमा पनि दाहालले रौतहटको समस्या समाधान गर्न माओवादी केन्द्रलाई साथ दिन सर्वसाधारणलाई आह्वान गरेका छन्। नेता दाहालले वागमती र बकैयाले दिएको दुःख आफूले बुझेको बताउँदै कटान र डुबानको समस्यालाई समाधानगर्न आफूले पहलगर्ने बताएका छन्।

प्रतिगमनको विपक्षमा र संघीयताको पक्षमा देशभर आवाज बुलन्द भएको बताउँदै दाहालले संघीयता विरोधी र राजतन्त्रको पक्षधर अहिलेको चुनावमा परास्त भएर जाने ठोकुवा पनि गरेका छन्।

प्रकाशित: २७ वैशाख २०७९ ११:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App