४ मंसिर २०८१ मंगलबार
image/svg+xml
राजनीति

रुकुममा मतदातालाई पैसा बाड्दै गरेका माओवादी कार्यकर्ता पक्राउ

तस्विरः प्रहरीले बरामद गरेका खुकुरी ।

रूकुममा माओवादी र कांग्रेसका कार्यकर्ताबीच फेरि झडप भएको छ। मौन अवधिमा मतदातालाई पैसा बाँडेको भन्दै उनीहरू बिच झडप भएको हो। चौरजहारी नगरपालिका १० खोलागाउँमा माओवादी उम्मेदवारले मतदातालाई पैसा बाँडिरहेको अवस्थामा फेला पारेपछि दुई पक्षबीच झडप भएको थियो।

उक्त झडपमा परि पाँच जना घाईते भएका छन्। घाइते हुनेमा नेपाली कांग्रेसका डिल्ली केसी, लालवीर वली, डायमन केसी तथा माओवादीका तुलसीराम बुढा र जुद्धबहादुर घर्ती छन्। घाइते सबैको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ। उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरील बताएको छ।

घटनामा संलग्न नेकपा माओवादी केन्द्रका वडाअध्यक्ष पदका एक उम्मेदवारसहित दुई जनालाई पक्राउ गरेको थिय । चौरजहारी नगरपालिका १० खोलागाउँबाट बुधबार राति प्रहरीले नेकपा माओवादी केन्द्रका वडाध्यक्ष पदका उम्मेदवार विरेन्द्र रोकाया र माओवादी कार्यकर्ता सौगातलाई तीन थान खुकुरी सहित पक्राउ गरिएको हो।

‘एक पक्षले अर्को पक्षलाई कब्जामा राखे भनेर राती मलाई सुचना अनुसार थियो। प्रहरी पुग्दा माओवादी भित्र कांगे्रस बाहिरको अबस्था थियो।’ प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने ‘बिहान दुबै पक्ष बिच सहमतिको लागि छलफल हुदै थियो। म ठ्याक्कै यसै भन्न सक्ने अबस्थामा छैन्।’  

दुबै पक्ष बिच कुटाकुट भएको हो पुष्टी गर्दै प्रहरी प्रमुख डिएसपि बिष्णु प्रशाद सोतीले बाकि कुरा बुझ्न बाकि रहेको बताए। रुकुम प्रहरी प्रमुख सोतीले सुचना दिन कन्जुस्याई गरेको पत्रकारहरुको गुनासो रहेको छ। ‘उहाँ सकेसम्म सम्पर्कमा आउन चाहानुहुन्न आए भने पनि अधुरो सुचना मात्र दिनुहुन्छ।’ रुकुमका एक पत्रकारले भने ‘पत्रकारको फोन नै उठ्दैन।’

निर्वाचन सम्पन्न गराउन चौरजहारी क्षेत्रमा खटिएका डिएसपि धर्मराज भण्डारीले सामान्य झडप भएको बताए। ‘केही घाइते हुनुहुन्छ। अहिले दुबै पक्ष बिच सहमति भएको छ। तीनवटा खुकुरी भेटिएको थियो तर पैसा भेटिएन  मौन अवधिमा प्रचार गरेको पाईएको छ।’ अहिले पक्राउ परेका सबैलाई छोडिएको उनले बताए।

प्रकाशित: २९ वैशाख २०७९ ०४:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App