४ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ का लागि जनजागरण पदयात्रा

.

.

भगवती मानव कल्याण सङ्गठनले ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ मूल नारासहित काठमाडौं उपत्यकामा जनजागरण पदयात्रा आयोजना गर्ने भएको छ।

पदयात्राको माध्यमबाट तीनै तहका जनप्रतिनिधि तथा सरोकारवाला निकायलाई ज्ञापनपत्र बुझाउँदै देशलाई नशामुक्त घोषित गर्न खबरदारी गरिने संगठनका सचिव विपी कोइरालाले जानकारी दिए।

सचिव कोइरालाका अनुसार यस अभियानमा अन्तर्राष्ट्रिय नशामुक्त अभियन्ता सिद्धाश्रम-रत्न श्रद्धेय अजय अवस्थी, नेपाल सरकारका प्रतिनिधि तथा हजारौं शुभचिन्तक सहभागी हुनेछन्। करिब १० किलोमिटर लामो यस पदयात्राको शुभारम्भ ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरको कृष्णमन्दिर प्रांगणबाट हुनेछ।

पाटन कृष्णमन्दिरबाट प्रभात मावि, त्यागल, महाबौद्ध मन्दिर, वकुबहाल, चैना टंगल, प्रयागपोखरी, लगनखेल बसपार्क, नमुना मछिन्द्र मावि, हस्पिटल इंस्खालख, पूर्णचण्डी मन्दिर, मानभवन, जावलाखेल, पुल्चोक, मदनस्मारक स्कुल, नः टोल, गाउँहाल महापाल हुँदै पुनः पाटन दरबार स्क्वायरको कृष्णमन्दिरमै समापन हुनेछ।

सङ्गठनले पदयात्राको क्रममा नशामुक्त नेपालको लागि हस्ताक्षर संकलन अभियान पनि सञ्चालन गरिरहेको छ।

भगवती मानव कल्याण सङ्गठनले समाजमा व्याप्त धार्मिक आडम्बर, सामाजिक कुसंस्कार, जातीय भेदभाव, छुवाछुत, बलिप्रथा, दाइजो प्रथा, साम्प्रदायिकता, चरित्रहीनता र भ्रष्टाचारविरुद्ध चेतना फैलाउँदै आएको छ। यसले सनातन संस्कृति र ऋषिकालीन परम्परालाई पुनर्जीवित गरी चेतनशील, कर्मशील र आत्मनिर्भर समाज निर्माणमा योगदान पुर्‍याएको छ।

सङ्गठनले शक्तिचेतना जनजागरण शिविर, योग, ध्यान, प्राणायाम, मन्त्रजाप, अष्टाङ्ग योग तथा नवधा भक्तिका माध्यमबाट सयौं व्यक्तिलाई नशामुक्त गरिसकेको छ। नशामुक्त नेपाल अभियानलाई सफल बनाउन संगठनले समाजका सबै तह र तप्काका व्यक्तिलाई एकताबद्ध गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ।

प्रकाशित: ४ मंसिर २०८१ २१:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App