२९ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सिंहदरबार टाढा भएकाले घरछेउको सरकार प्रति जनचासो बढि छः बर्षमान पुन

माओवादी नेता तथा पूर्वमन्त्री बर्षमान पुनले सिहंदरबार जनताबाट टाढा भएकाले नजिकको सम्बन्धका लागि स्थानीय सरकार बनेको बताएका छन्।

‘घर छेउको सरकार प्रति जनताको चासो बढि छ। निर्वाचनमा जनसहभागीता सुखद हो।’ चुनावी प्रचारका क्रममा गृह जिल्ला रोल्पा आएका पुनले मंगलबार पत्रकार भेटघाट गरेका छन्। जिल्ला दौडाहा गरिरहेका उनले प्रतिगमनका विरुद्ध सत्ता गठबन्धन गर्नु परेको बताए।

सत्ता गठबन्धनको बिरोध गर्ने एमालेले दक्षिणपन्थी संग गरेको गठबन्धन प्रतिगमन उन्मुख भएको उनको आरोप थियो। ‘६० प्रतिशत स्थानीय तहमा गठबन्धन भएको छ। अहिले करिब ३ सय पालिका कांग्रेसले जित्छ भने माओवादीले करिब १ सय ७५ देखि २ सय पालिका जित्ने छ।’

पुनले एमालेले १ सय पचासदेखि १ सय ७५ पालिका र अन्यले ८० देखि १ सय पालिका जित्ने अनुमान गरेका थिए। उनकै गृह जिल्लामा गठबन्धन नभएको प्रति उनको कांग्रेससंग गुनासो थियो। उनले भने ‘जिल्लाको कांग्रेसका कारण रोल्पामा सत्ता गठबन्धन नभएको हो। रोल्पा कांग्रेसले केन्द्रको निर्देशन नमान्नु दुःखद हो।’

पत्रकार भेटघाटमा बोल्दै पुनले विप्लव नेतृत्वका कार्यकर्ता निर्वाचनमा उठ्नु स्वागत योग्य भएको बताए। ‘उहाँहरुले जे भने पनि अन्तत यहि प्रकृयामा आउनु भो। स्वागत योग्य कदम हो। उहाँहरु सबैलाई हौसाला दिनु पर्छ।’ रोल्पा जिल्लामा आफ्नो दलका उमेद्वारको जित सुनिश्चित रहेको दाबी गरेका पुनले यो पटकको चुनावमा धेरै मेहनत गर्नु नपरेको समेत बताए।

एक प्रसङ्गमा पुनले होटलमा मतपत्र भेटिनु दुर्भाग्य पूर्ण भएको बताउँदै यस्तो लापरवाही स्वीकार्य नहुने बताए। ‘उहाँहरुको हर्कतले रोल्पालाई बदनाम गरियो। मुख्य निर्वाचन अधिकृतले व्यक्तिलाई मतपत्र दिने अनि प्रमुख जिल्ला अधिकारीले सुरक्षालाई गम्भीरताका साथ नलिएको देखियो। हिजो बम-बारुदका बिचमा पनि चुनाव भएको हो तर यस्तो लापरवाही कहिल्यै भएन।’

प्रकाशित: २७ वैशाख २०७९ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App