११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आगलागीबाट तीन लाखको क्षति

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब तीन लाख रूपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।

धारामा तीन महिनादेखि लेदो मिसिएको पानी

खानेपानी संस्थानले वितरण गर्दै आएको पानी दूषित भएको भन्दै पटक–पटक गुनासो गर्दा पनि सुनुवाइ नभएको भद्रपुर–८ का तोया गड्तौलाले बताए। 'लेदो मिसिएको पानी आयो भनेर धेरैपटक गुनासो गर्‍यौँ' उनले भने, 'तर सुनुवाइ भएको छैन।'

तानसेनको टुँडिखेल स्तरोन्नति अन्तिम चरणमा

तानसेन नगरपालिकाको टुँडिखेल मैदान स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ। नगरपालिका कार्यालय प्रांगणमा रहेको टुँडिखेल मैदानको हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको छ।

बर्सेनि कान्द्राको बाढीले सास्ती

कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम पर्‍यो। सेवा लिनका लागि कान्द्रा नदी डुंगा तरेर नगरपालिका आउनुपर्ने उनकाे बाध्यता छ। नदी तर्न प्रतिव्यक्ति २०रूपैयाँ तिर्नुपर्छ।

तनहुँमा करेन्ट लागेर बाबु–छोराको मृत्यु, आमा घाइते

तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर बिहीबार बाबु–छोराको मृत्यु भएको छ। उक्त घटनामा आमा घाइते भएकी छिन्।

रेड मर्करीको कारोबारका नाममा महिलालाई ठग्ने चार जना पक्राउ

‘मैले उनीहरु सबै मिलेर लुट्न खोजेको थाहा पाए’ प्रहरीसँगको बयानमा ती महिलाले भनिन्, ‘म पैसा नदिएर त्यहाँबाट भागे।’

राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टियो

‘विद्यार्थीहरु २५ जना एकैपटक डुंगा चढेर राप्ती पार गर्न थालेका रहेछन्,’ एसपी काफ्लेले भने ‘डुंगामा धेरै जनाको भार भएपछि राप्ती नदीमा डुबेको हुन सक्छ।’

प्रयोगमा नआउँदा बिग्रिए डेढ दर्जन कम्प्युटर

रौतहटको गरुडा नगरपालिका ७ पिपरियामा रहेको श्री माध्यमिक विद्यालयको कम्प्युटर ल्याबको दृश्य हो यो। गरुडा नगरपालिकाका प्रमुख कन्थमनि प्रसाद कलवार, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु यादव, नगरको शिक्षा, युवातथा खेलकूद संयोजक सुबोधकुमार चौधरी र सहसंयोजक शेख चाँद अलिसहितको टोली विद्यालयको अनुगमनमा पुग्दा प्रधानाध्यापक राकेशकुमार यादवले कम्प्युटर ल्याबको अवस्था देखाउँदा सबैजना छक्क परेका छन्।

हर्क साम्पाङले सार्वजनिक गरे सय दिने कार्य प्रगति विवरण

धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन्।

क्याम्पसलाई सञ्चालक समितिद्वारा राजनीति गर्ने थलो बनाउँदै

‘परीक्षाको कागजात पनि तालाबन्दीले थुनिएको छ। अर्कातिर जग्गाको पूरानो रेकर्ड पनि पुराना–पुराना माइनुट नहेरिकन थाहा हुँदैन।’ ‘अख्तियारबाट कस्तो क्याम्पस रेकर्ड उपलब्ध गराउन नसक्ने भनेर ताकेता गरेको थुप्रैपटक भइ सक्यो,’ क्याम्पस प्रमुख अधिकारीले भनिन्, ‘तर, विद्यार्थी ताला खोल्न पनि सहमत छैनन्।’

स्वास्थ्य चौकी भवन निर्माणमा लापरवाही

‘यसमा निर्माण कम्पनी, कम्पनीसंग जिम्मा लिएर काम गर्ने पक्ष र प्राविधिकको पनि कमजोरी देखिन्छ’, खनालले भने, ‘यस विषयमा गाउँपालिका अध्यक्षलाई जानकारी गराएको छु। अध्यक्षज्यूले अनुगमन गर्ने जानकारी दिनुभएको छ।’

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो। उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ।

गलेश्वर मन्दिरमा करिब १९ लाख भेटी संकलन

बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा एक महिनाको अवधिमा करिब १९ लाख ७० हजार दुई सय ५३ भेटी संकलन भएको छ।

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्