७ वैशाख २०८१ शुक्रबार
समाज

मकै जोगाउन बँदेलका लागि थापेको पासोमा परेर चितुवाको मृत्यु

जंगली जनावरबाट मकै जोगाउन थापेको पासोमा परेर बैतडीमा चितुवाको मृत्यु भएको छ। बुधबार बिहान दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा दिउँसो मरेको जिल्ला प्रहरी कार्यालय बैतडीले  जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उद्धार गरी खोरभित्र राखेपछि चितुवा मरेको हो। किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि थापेको पासोमा चितुवा फसेको थियो। चितुवाको ढाडमा पासो परेको थियो। पासोमा फसेको चितुवाको उद्धारका लागि बर्दिया तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली मगाएको थियो।

उद्धार टोली घटनास्थल नपुग्दै चितुवा मरेको छ। घटनास्थलमा वन डिभिजन कार्यालयको टोलीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायत खटीएका बताइएको छ। बैतडीमा पछिल्लो समय मानव र चितुवाबीचको द्वन्द बढ्दै गएको छ। २०७४ साल यता बैतडीमा १२ चितुवा मारिएका छन्।

प्रकाशित: १ भाद्र २०७९ १२:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App