३१ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

आगलागीबाट तीन लाखको क्षति

फाइल तस्बिर

व्यास नगरपालिका–२ भोर्लेटार चोकस्थित अम्बिका पन्थका घरमा गए राति आगलागी हुँदा करिब तीन लाख  रूपैयाँ मूल्य बराबरको सामान जलेर नष्ट भएको छ।

विद्युत् सर्ट हुन गई आगलागी हुँदा पसलमा रहेका तरकारी र  फर्निचरलगायतका सामग्री जलेर नष्ट भएको हो।

व्यास नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, स्थानीयवासीको सक्रिय सहभागितामा आगोलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

रातका समयमा आगलागी भए पनि जनशक्ति समयमा जुट्दा अन्य क्षति हुनबाट जोगिएको उनले बताए। 

प्रकाशित: ३ भाद्र २०७९ ०५:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App