पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा
खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।
खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।
महाबै सामुदायिक अस्पतालको एक टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिषठानका डा. राजिव शाह, डा. रमेश भट्टराइबीच भएको छलफलमा महाबै सामुदायिक अस्पताललाई स्तर वृद्धि गर्न विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता हुने भएको हो।
'मरेर गाडिएको पशुसमेतलाई परीक्षण गर्दा रेबिज पोजेटिभ देखियो, यसपछि मासु खाएका सबैलाई खोप लगाएका छौँ,' 'त्यस क्षेत्रमा कुकुरबाट बच्न र अब उप्रान्त मरेको कुनै पनि पशु–चौपाया नखान आग्रह गरेका छौँ,'
एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अपर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माणकार्य अघि बढेको छ। उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ। कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ।
गाउँपालिका अध्यक्ष राजन(मुक्ति)लाबुङ लिम्बूले सीमावर्ती क्षेत्रका बासिन्दाको मुख्य उत्पादन पशुजन्य पदार्थ,गलैंचा,छूर्पी र जडिबुडी चीनको स्वशासित क्षेत्र तिब्बतको रिउतर्फ निर्यात हुन नपाएकोले त्यहाँ आर्थिक मन्दी फस्टाएको बताएका छन्।
जीपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।
'हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।'
पोखरा महानगरपालिका–२४ स्थित धार्मिक एवं पर्यटकीयस्थल कास्कीकोटमा आगामी भदौ ४ गते श्रीकृष्ण जन्माष्टमीका अवसरमा दही जात्रा गरिने भएको छ।
विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले ‘थाइल्याण्ड ओपन कराँते डो च्याम्पियनसिप’मा सहभागी हुन जाने खेलाडीहरुलाई बिदाइ गरेका हुन्।
ललितपुर महानगरपालिकाले ललितपुरका सडकहरुमा सिमेन्टको डिभाइडरहरु हटाएर रबरका डिभाइडर राखेको छ।
सार्वजनिक यातायातलाई भरपर्दो, विश्वासिलो र व्यवस्थित बनाउन जनप्रतिनिधिमूलक थलो संसदमा समेत पटकपटक आवाज उठ्ने गरेको छ। संसद्ले सरकारलाई सार्वजनिक यातायात व्यवस्थित बनाउन पटकपटक निर्देशनसमेत दिएको छ। सम्बन्धित मन्त्रीले यातायात क्षेत्रलाई व्यवस्थित बनाइने प्रतिबद्धता पनि व्यक्त गर्दै आएका भए पनि देशभरको सार्वजनिक यातायातको अवस्था उस्तै छ। यात्रु ठगिएकै छन्, दुर्व्यवहार र दुर्घटना बढेकै छन्।
पीडित परिवारलाई प्रति परिवार २५ किलो चामल, नुन, तेल, दाल र तत्काल ओत लाग्न त्रिपाल वितरण गरेको मेयर चौधरीले बताए। हाती पीडित परिवारलाई घर बनाउन सहयोग स्वरुप जस्ता पाता समेत दिने योजना रहेको उनले बताए।
बाँकेको नरैनापुर गाउँपालिकामा बर्सात नहुँदा धान रोपाइँ प्रभावित भएको छ। सिँचाइको व्यवस्था नभएका कारण आकाशे पानीको भरमा धानखेती गर्दै आएका नरैनापुरका किसान अहिलेसम्म पनि रोपाइँ गर्न नपाउँदा चिन्तित भएका छन्।
आज बिहान करिब ९ बजेतिर बाटो खनिरहेको अवस्थामा माथिबाट पहिरो आएर स्काभेटर पुरिएको सुर्खेतस्थित कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।