coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौंमा फोहोरको डँगुर देख्दा श्रमदान गर्न मन लाग्यो: हर्क साम्पाङ

फाइल तस्बिर

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौंको विजोग देख्दा श्रमदान गर्न मन लागेको बताएका छन्।  

उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा आफूलाई श्रमदान गर्न मन लागेको बताएका हुन्।  

साम्पाङले लेखेका छन्,'काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डँगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्यो ! प्रधानमन्त्री र मन्त्रीहरु बस्ने शहरको यो विजोग देख्दा श्रमदान गर्न मन लाग्यो!'

पछिल्लो समय उनले धरानमा पनि श्रमदान मार्फत विभिन्न कामहरु गरिरहेका छन्। धरान उपमहानगरपालिकाको विकास निर्माण सम्बन्धी कामले साम्पाङ अहिले काठमाडौं आएका छन्।

प्रकाशित: २९ श्रावण २०७९ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App