१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पौडी खेल्ने क्रममा मृत्यु भएका बालकको शव पोष्टमार्टमपछि आफन्तको जिम्मा

खोलामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं ६ मेहेलेका ६ वर्षीय बालकको शव पोष्टमार्टमपछि आफन्तलाई जिम्मा लगाइएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कुशराम कार्कीका अनुसार शव ताप्लेजुङ अस्पतालमा पोष्टमार्टम पछि आफन्तको जिम्मा लगाइएको हो। सोमबार स्थानीय पेसुवाखोलामा पौडी खेल्ने क्रममा डुबेर मेहेलेका तेजबहादुर लिङ्देनका छोरा बिबेकको मृत्यु भएको थियो।

प्रकाशित: ३१ श्रावण २०७९ १४:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App