१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कपिलवस्तमा पहिलो पटक तीज महोत्सव हुँदै

मौलिक तीज गीतको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले कपिलवस्तु मै पहिलो पटक तीज महोत्सव गरिने भएको छ। हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा १२ दिने तीज महोत्सवको आयोजना गरिने भएको हो।

कपिलवस्तुको शिवराज नगरपालिका रहटकोलस्थित महोत्सव स्थलमा भदौ २ देखि १४ गतेसम्म महोत्सव सञ्चालन गरिने भएको हो। महोत्सव स्थलमा गरिएको पत्रकार सम्मेलनमा महोत्सवका संयोजक चिन्ता परियारले सो जानकारी गराएका हुन्।

छमछमि इन्टरटेमेन्ट प्रालिका आयोजनामा मौलिक तीजको जर्गेन गर्ने उद्देश्यले जिल्ला मै पहिलो पटक तीज महोत्सव सञ्चालन गर्न लागिएको संयोजक परियारले बताए। लामो समयसम्म कोरोना महामारीले गर्दा मनोरजनात्मक कार्यक्रमहरु ठप्प रहेकोले तिजको अवसर उक्त कार्यक्रम आयोजना गरिएको बताइएको छ।

कला संस्कृति परम्परा भेषभुषा संस्कारको पहिचान, युवा जगतको अभियान भन्ने मुला नारासहित आयोजित महोत्सवले मौलिक संस्कृतिलाई जगर्ने गर्ने कार्यक्रम संयोजक परियारले बताए। महोत्सवलाई भव्य रुपमा सफल गराउन विभिन्न समितिहरुले काम गरिरहको उनले बताए।

महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बताउँदै लामो समयदेखि मनोरजनात्मक गतिविधिबाट टाढा रहेका दर्शकलाई कलाकारहरु रमाइलो गराउने आफूहरुको प्रयास रहेको उनले बताए। ‘हाम्रो यो जिल्लामै पहिलो प्रयास हो, यसमा सबैले सहयोग गर्न जरुरी छ, महोत्सवलाई कसरी सफल बनाउन सकिन्छ विषयमा केन्द्रित रहेका छौं, परियारले भने, ‘मेलामा स्थानीय राजनीतिक दल संघसस्थामा सबैको सहयोग पाएका छौं।,

महोत्सवमा तीज नृत्य आइडल, खुल्ला तीज गीत प्रतियोगिता आयोजना गरिएको सांस्कृतिक संयोजक सुमन पौडेलले बताए। विजेतालाई पुरस्कृत समेत गरिनेछ। राष्ट्रिय कलाकारहरुको प्रस्तुतिसँगै महोत्सवले स्थानीय प्रतिभाहरुलाई पनि उजागर गर्ने बताए। उनले कल संस्कतिलाई संरक्षण गर्दै स्थानीयलाई प्राथमिकता दिएर दिन आग्रह गरे।

महोत्सव स्थलमा सेल्फी प्रेमीहरुलाई मध्यनजर गरी ठूलो आकारको शिव लिंग र माइतीघर सेल्फी जोन समेत निर्माण गरिएको छ। महोत्सवमा विद्यार्थीलाई ४० र अन्यलाई ५० रुपैया टिकट लाग्ने छ। यस्तै १२ दिनेका लागि पास टिकट लिनेले साढे ३ सय रुपैयाँ शुल्क लाग्नेछ।

प्रकाशित: ३१ श्रावण २०७९ ०७:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App