२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

सांसद भए दुई वर्षभित्रमा जोरपाटी–साँखु सडकखण्ड निर्माण सम्पन्न गराउँछु: ओनसरी घर्ती

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नेकी नेकपा (माओवादी केन्द्र) की नेता घर्तीले आफू निर्वाचित भएमा दुई वर्षसम्म जोरपाटी–साँखु सडकखण्डको स्तरोन्नती तथा निर्माण कार्यसम्पन्न गराउने घोषणा गरेकी छन्।

प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता

मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार संख्या २ हजार ४१२ रहेको छ। तीमध्ये २२५ जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार छन्।

कास्कीका उम्मेदवारको निर्वाचन खर्चः प्रतिनिधिसभातर्फ ३१ र प्रदेशसभातर्फ १५ लाख

प्रतिनिधिसभा सदस्य तर्फका कास्कीका उम्मेदवारले आगामि निर्वाचनमा बढीमा ३१ लाख रुपैयाँ मात्र खर्च गर्न पाउने भएका छन्। यो नै कास्कीका उम्मेदवारले पाउने सबैभन्दा बढी निर्वाचन खर्च हो। निर्वाचन आयोगले कास्की–३ का उम्मेदवारका लागि ३१ लाख रुपैयाँको खर्च सिमा तोकिदिएको छ। कास्की–१ का उम्मेदवारले २९ लाख र कास्की–२ का उम्मेदवारले भने २७ लाख रुपैयाँ मात्र खर्च गर्न पाउनेछन्।

पूर्वी नवलपरासीमा चुनावी सरगर्मी बढ्यो

जिल्लाका प्रतिनिधिसभा तथा प्रदेशसभाका क्षेत्रमा पनि विशेषगरी सत्ता गठबन्धनबाट र नेकपा एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ।

बागी उम्मेदवारलाई कारबाही

कार्यवाहक सभापति राईले बिहीबार जारी गरेको विज्ञप्तिमा उदयपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का स्वतन्त्र उम्मेदवार रामकुमार राई र प्रदेशसभा १ ९१० का उम्मेदवार जयप्रसाद सुवेदीलगायत ५ जनाको नाम उल्लेख छ।

कास्की–२ का बागी उम्मेदवार महादेव गुरुङ भन्छन्ः पार्टीले कारवाहि गरे खुसी हुन्छु

सत्ता गठबन्धन विरुद्ध विद्रोह गर्दै कास्की–२ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका महादेव गुरुङले अन्तिम समयमा पनि उम्मेदवारी फिर्ता लिएनन्। कांग्रेसका पुराना नेता गुरुङलाई उम्मेदवारी फिर्ता लिन पार्टी सभापति शेरबहादुर देउवाले समेत दवाव दिएका थिए। तर, देउवाको निर्देशन र दवाव समेत अटेर गर्दै उम्मेद्वारी फिर्ता नलिएको गुरुङले बताए।

एउटै वडाका तीन जना प्रदेशसभा सदस्यका उम्मेदवार

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुइपाका तीन जना आगामी मंसिर-४ गते हुने प्रदेशसभा सदस्यको चुनावी मैदानमा उत्रिएका छन्।

विद्रोहीलाई उम्मेदवारी फिर्ता लिन निर्देशन

नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका शीर्ष नेताहरूले दलीय सहमतिविपरीत प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि विभिन्न क्षेत्रमा दिइएको उम्मेदवारी फिर्ता लिन निर्देशन दिएका छन्।

महामण्डले र बिचौलिया उम्मेदवार

उम्मेदवारी दिएकाहरूको नामावली हेर्दा कुन मुसाहरू एकातिरबाट अर्कातिर र कुन बिराला कताबाट कतातिर दौडादौड गरिरहेका छन्? मज्जैले देखियो!

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।

प्रत्यक्षतर्फ महिला उम्मेदवारी ९ प्रतिशत

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५० प्रतिशत उम्मेदवार सुनिश्चितताको माग गरेका महिलाहरू ९ प्रतिशतमा समेटिएका छन्।

प्रमुख प्रश्न

निर्वाचनका निम्ति प्रमुख दलहरूले अघि सारेका उम्मेदवार र गठबन्धनका आधारमा यो निर्वाचन विगतभन्दा भिन्न हुने देखिएको छ।

कालिकोट-२ बाट विश्वराज बमले गराए उम्मेदवारी दर्ता

एकीकृत समाजवादी पार्टीका अध्यक्ष विश्वराज बमले प्रदेश (ख)मा उम्मेदवारी दर्ता गरेका छन्। कालिकोट जिल्लामा समाजवादीको भागमा नपरे पछि उक्त गठबन्धन नमान्ने भन्दै विद्रोह सुरु गरेका छन्।

सञ्चार मन्त्री कार्कीद्दारा उम्मेदवारी दर्ता

सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका कार्कीले यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्