१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

सञ्चार मन्त्री कार्कीद्दारा उम्मेदवारी दर्ता

सञ्चार, सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधीसभाका लागि उम्मेदवारी दर्ता गरेका छन्। वीपी कोइराला र २०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ बाट २०७४ सालको निर्वाचनमा विजयी भएका कार्कीले  यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका हुन्।  

मन्त्री कार्कीको यसपटकको प्रतिस्पर्धा एमालेका नेता जगदीस कुसियतसँग हुने भएको छ। कुसियत प्रदेश नं. १ का पूर्व उद्योग, वातावरण, वन तथा पर्यटन मन्त्री हुन्।

कार्की र कुसियतबीच प्रतिस्र्धा हुने क्षेत्रमा २०४८ सालमा क्षेत्र नं. ४ मा परेको बेला, ०५१ सालको मध्यावधि निर्वाचनमा र ०५६ सालको संसदीय निर्वाचनमा पनि क्षेत्र नं. ५ मा परेका बेला दिवंगत नेता गिरीजाप्रसाद कोइरालाले जितेका थिए। २०५६ सालमा भएको उप निर्वाचनमा भने यसपटक एमालेबाट उम्मेदवार भएका कुसियत नै विजयी भएका थिए।

कार्की र कुसियत दुवैले निर्वाचन सहजै ढंगले जित्ने दावी गरेका छन् । कार्कीले पाँच वर्षदेखि क्षेत्र नं. ४ का जनताका थुप्रै समस्या समाधान गरेको र गर्न बाँकी काम पूरा गर्ने बाचा गरे। कुसियतले आफू वर्षौदेखि क्षेत्र नं. ४ का जनताको सुखदुखमा रमाउँदै आएकाले जनताले विश्वास गर्ने बताए।  

क्षेत्र नं. ४ मा प्रदेशसभामा काँग्रेसका तर्फबाट क्षेत्र नं. ४ ‘क’ बाट सदानन्द मण्डल र ४ ‘ख’ बाट हाजी इसराइल मन्सुरीले उम्मेदवारी दर्ता गरेका छन् । एमाले  र जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनबाट भने क्षेत्र नं. ४ ‘क’ बाट जसपाका पर्शुराम बस्नेत र ४ ‘ख’ बाट एमालेका अब्बास अन्सारीले उम्मेदारी दर्ता गरेका छन्।  

प्रकाशित: २३ आश्विन २०७९ १२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App