७ वैशाख २०८१ शुक्रबार
राजनीति

महेश बस्नेतलाई विकासको चुनावी एजेण्डा देखाएर जनता नझुक्याउन थापाको चेतावनी

प्रतिनिधि सभा सदस्य भक्तपुर क्षेत्र नं २ का मुख्य प्रतिस्पर्धी दुई जना उम्मेदवारहरुबीच विकासका विषयमा विवाद चुलिएको छ।

नेकपा एमालेको तर्फबाट उम्मेदवार महेश बस्नेतले भक्तपुरमा आफूले विकासको लहर ल्याइदिएको दाबी गरेका छन् भने उनका प्रतिस्पर्धी काँग्रेसका उम्मेदवार दुर्लभ थापाले विकासको नाम दिएर जनतालाई झुक्याउने काम बन्द गर्न चेतावनी दिएका छन्।

रफत सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसबाट प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नं २ का उम्मेदवार थापाले विकास निर्माणको ललिपप देखाएर जनता झुक्याउने काम बन्द गर्न चेतावनी दिएका हुन्। थापाले नीति निर्माणको तहमा पुग्ने निर्वाचनलाई विकासको ललिपप बाँडेर चुनावी एजेण्डा बनाउनेहरुलाई अब जनताले तह लगाउने उनले विश्वास गरे।

थापाले अन्य समयमा चुप लागेर बस्ने तर चुनावका बेलामा मात्रै आएर सधै सानातिना विकासका एजेण्डा उठाएर मतदातालाई भ्रममा पार्ने काम नगर्न चेतानावी दिए। एमालेका आफ्ना प्रतिस्पर्धी बस्नेतमाथि लक्षित गर्दै उनले स्थानीय सरकारको काम विकासको मूल फ्टाउने हो भन्ने हेक्कासम्म नभएका बस्नेत चुनावी एजेण्डा उही पुरानै विकास गर्छौ भन्दै मत मागेर जनतालाई झुलाइरहेको बताए।

त्यसकारण अब भक्तपुर क्षेत्र नं.२ का मतदाताले उनलाई पाखा लगाउने थापाले विश्वास लिए। बस्नेततर्फ संकेत गर्दै थापाले भने डनवाद, धनवाद र गनवादलाई प्रयोग गरेर निर्वाचन जित्ने दाउमा रहेकालाई मंसिर ४ पछि रुझेको बिरालो बन्नुपर्ने अवस्था अब आउने छ।

माओवादीको बैसाखी टेकेर एक पटक जितेको धङधङीमा हिँडिरहेका भक्तपुरका नवयुवराज बस्नेतलाई पछार्न काँग्रेसै काफी रहेको उनको दाबी थियो। यो बेला गठबन्धनका अघि नवयुवराजहरु निरीह रहेको थापाको टिप्पणी छ। मंसिर ४ मा कहीँकतैबाट शान्त वातावरणलाई खलल गर्ने दुसाहस भए त्यसको प्रतिकारमा गठबन्धन हरदम तत्पर रहेको थापाले बताए।

प्रकाशित: ३० आश्विन २०७९ १३:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App